थरुहट समिति र सरकारबीच तेस्रो चरणको वार्ता, माग सम्बोधन गर्ने प्रतिवद्धता
हमार पहुरा डट कम
काठमाडौं, चैत २४ गते । सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीच आज मंगलबार साँझ भएको तेस्रो चरणको वार्ता सम्पन्न भएको छ । सिंहदरवारस्थित गृह मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको वार्तामा सहभागी सदस्यले बताउनुभयो ।
सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादलले थरुहटले उठाएको १९ बुँदे मागको...












