आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत

आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत
हमार पहुरा डट कम काठमाडौं, जेठ १५ गते । सरकारले यस आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो बजेट शनिबार प्रस्तुत गर्नुभएको हो । अहिले प्रतिनिधिसभा नरहेको अवस्थामा सरकारले अध्यादेश मार्फत बजेट ल्याएको छ । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको...

थारु पत्रकारको भर्चुवल बैठक, कोभिडको मारमा थारु पत्रकार, दुईको निधन

थारु पत्रकारको भर्चुवल बैठक, कोभिडको मारमा थारु पत्रकार, दुईको निधन
हमार पहुरा डट कम काठमाडौं, जेठ १५ गते । थारु पत्रकारको छाता संगठन थारु पत्रकार संघ, नेपालको भर्चुवल बैठक सम्पन्न भएको छ । शनिबार दिउँसो भएको भर्चुवल कार्यक्रममा पश्चिमको कञ्चनपुरदेखि पूर्वको मोरङसम्मका थारु पत्रकारको सक्रिय सहभागिता थियो । जुम बैठकमा जिल्लागत रिपोर्टिङ गर्दै पत्रकारको समस्याबारे जानकारी गराउनुभएको थियो । थारु पत्रकारमा अहिलेसम्म...

कोभिड चाँडै नियन्त्रणमा आउँछः प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठसहित)

कोभिड चाँडै नियन्त्रणमा आउँछः प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठसहित)
हमार पहुरा डट कम काठमाडौं, जेठ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित गरिएकाले चाँडै नियन्त्रणमा आउने बताउनुभएको छ । यस आर्थिक वर्षको बजेट आउने दिनको पूर्व सन्ध्यामा राष्ट्रको नाममा शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले सो कुरा बताउनुभयो । प्रधानमन्त्री ओलीले कोभिड उपचारका लागि १५७ अस्पतालहरू...

प्रतिनिधिसभा पुनः विघटन, निर्वाचन आगामी कात्तिक २६ र मंसिर ३ गते

प्रतिनिधिसभा पुनः विघटन, निर्वाचन आगामी कात्तिक २६ र मंसिर ३ गते
हमार पहुरा डट कम काठमाडौं, जेठ ८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको मन्त्रीपरिषदको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी निर्वाचन आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि तोक्नुभएको छ । वैकल्पिक सरकार गठनका लागि आह्वान भएअनुसार दावी पेश भएपनि बहुमत सदस्य नपुगेपछि संविधानको धारा ७६ को उपधारा ७ बमोजिम संसद विघटन...

राष्ट्रपतिद्वारा पुनः सरकार गठनको आव्हान, राजनीति संसद विघटनको दिशामा

राष्ट्रपतिद्वारा पुनः सरकार गठनको आव्हान, राजनीति संसद विघटनको दिशामा
हमार पहुरा डट कम काठमाडौं, जेठ ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतप्राप्त वैकल्पिक सरकार गठनका लागि पुनः आव्हान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नलिने प्रष्ट पार्नुभएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार निर्माणको आज विहिबार आव्हान गर्नुभएको हो । राष्ट्रपति कार्यालयका...

नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक

नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक
हमार पहुरा डट कम काठमाडौं, जेठ १ गते । नेपाली काँग्रेसका उपसभापति तथा पूर्वमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ । गच्छदारकी पत्नी निर्मला गच्छदारको उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा आज शनिबार विहान निधन भएको हो । गत बैशाख १५ गते कोरोना पोजेटिभ देखिएपछि गच्छदारलाई नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।...

गौरीशंकर चौधरी पुनः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

गौरीशंकर चौधरी पुनः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
हमार पहुरा डट कम काठमाडौं, वैशाख ३१ गते । नेकपा (एमाले) का नेता गौरीशंकर चौधरी पुनः पुरानै मन्त्रालयको जिम्मेवारीमा आउनुभएको छ । उहाँलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । कोभिड १९ संक्रमणका कारण उहाँले आज पद तथा गोपनीयताको शपथ लिन तथा पदबहाली भने गर्न पाउनु भएन । नेकपा (माओवादी...

प्रधानमन्त्रीमा पुनः एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त

प्रधानमन्त्रीमा पुनः एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त
हमार पहुरा डट कम काठमाडौं, बैशाख ३० गते । नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ भोली शुक्रबार हुनेछ । राष्ट्रपति भण्डारीले संविधानको...

प्रधानमन्त्रीको विश्वासको मत अस्वीकृत, पक्षमा ९३ विपक्षमा १२४ मत

प्रधानमन्त्रीको विश्वासको मत अस्वीकृत, पक्षमा ९३ विपक्षमा १२४ मत
हमार पहुरा डट कम काठमाडौं, वैशाख २७ गते । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको विश्वासको मत अस्वीकृत भएको छ । प्रधानमन्त्रीको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको छ । त्यस्तै १५ सांसद तटस्थ बसे । यो सँगै प्रधानमन्त्री ओलीले संसदबाट बहुमत गुमाउनुभएको छ । सोमबार दिउँसो बानेश्वरस्थित संसद भवनमा...

पर्यटक पर्खदै माघी होमस्टे थारु गाउँ, न्यून शुल्कमा अर्गानिक खानाको स्वाद

पर्यटक पर्खदै माघी होमस्टे थारु गाउँ, न्यून शुल्कमा अर्गानिक खानाको स्वाद
गीता चौधरी धनगढी, वैशाख ११ गते । कैलालीको सुख्खड बजार नजिक रहेको माघी होमस्टे थारु गाउँ पर्यटक स्वागत गर्न व्यग्र प्रतिक्षामा छ । थारु गाउँघरमै उत्पादित अर्गानिक खानेकुरा न्यून शुल्कसहित थारु स्वाद प्राप्त गर्न सकिने होमस्टे सञ्चालकको भनाई छ । धनगढीबजारदेखि करिब ५३ किलोमिटर, कर्णाली चिसापानीदेखि ३६ किलोमिटर र सुख्खड बजारदेखि ६...