स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीद्वारा कार्यालयमा तालाबन्दी
हमार पहुरा डट कम
काठमाडौं, भदौ २२ गते । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुले जावलाखेलस्थित कार्यालयमा विभिन्न माग राख्दै मंगलबारदेखि तालाबन्दी गरेका छन् ।
संस्थागत सुदृढीकरण, कर्मचारीहरुको पेशागत सुरक्षा र वृत्ति विकासको सुनिश्चित्ताको माग गर्दै तालाबन्दी गरिएको कर्मचारीहरुको भनाई छ । सो संस्थामा कार्यरत कर्मचारी सन्तलाल श्रेष्ठले प्रतिष्ठान भित्र नेतृत्वमा...














