आर्थिक विकासमा छलाङ मार्नेगरी सरकारले काम गर्छः वरिष्ठ उपाध्यक्ष गौतम
लक्की चौधरी
काठमाडौं, फागुन ९ गते । सुशासन र आर्थिक विकासकालागि सरकारलाई सुझाव दिन गठित कार्यदलले पाँच वर्षभित्र विकासमा छलाङ मार्न एकैचोटी खरवौं खरवको आयोजनामा काम गर्न सुझाव दिएको छ ।
एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतम नेतृत्वको कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७२ बुँदे ६१ पृष्ठको प्रतिवेदन बुझाउँदै सो सुझाव दिएको हो...












