टीकापुर घटनाका आरोपी निर्दोश राजबन्दीलाई रिहाई गर्न माग
काठमाडौं, फागुन २३ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले टीकापुर घटनाको आरोपमा राजबन्दी जिवन व्यतित गरिरहेकालाई विना शर्त रिहाईको माग गरेको छ ।
रिपोर्टर्स क्लवमा बुधबार यहाँ पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले सो माग गरेको हो । टीकापुर घटना राजनीतिक घटना भएकाले त्यसलाई सोहीरुपमा सल्टाउन थारु अगुवाले माग गरे ।...













