महिला हिंसाका घटनाप्रति बढ्दो संवेदनहिनता, प्रशासनकै मिलेमतो देखिन्छ
लक्ष्मी चौधरी
काठमाडौं, माघ २८ गते । केही दिन अगाडि काठमाडौंमा एक युवती सामुहिक बलात्कारमा परेको खबर सार्वजनिक भएको थियो । पीडित युवतीले प्रहरीमा जाहेरी दिईन् तर, प्रहरीकै मिलेमतोमा घटनालाई गुपचुप बनाउने प्रयास गरियो ।
पूर्वी नेपालको इटहरीमा उस्तै प्रकृतिको दोस्रो घटना घट्यो । एक बालिकामाथि भएको बलात्कार घटनालाई त्यहाँका प्रहरी इन्सस्पेक्टरले...














