राष्ट्रिय सभा निर्वाचनपछि मुख्यमन्त्रीका लागि नेता छान्छौंः उपाध्यक्ष गौतम
लक्की चौधरी
काठमाडौं, माघ १६ गते । माघ २४ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनपछि मात्र एमालेले संसदीयदलको नेता छान्ने र सोही नेता मुख्यमन्त्रीको उम्मेदवार हुने वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले बताउनुभएको छ ।
गौतमकाअनुसार पार्टीले माघ १८ देखि २१ गतेसम्म (चारदिन) एकल संक्रमणीय निर्वाचन प्रणालीबारे चारवटा प्रदेशमा जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने तयारी गरेको छ...














