शिवपुरी धाममा प्राण प्रतिष्ठा धार्मिक महा महोत्सवको उदघाटन
राम दहित
धनगढी, फागुन २ गते । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा आज सोमबार ज्योतिर्लिङ्गको प्राण प्रतिष्ठा गरी उद्घाटन गरिएको छ ।
पशुपतिनाथ मन्दिरका मूल पुजारी भट्ट (प्रधान अर्चक) ले शिवपुरीधाममा प्राणप्रतिष्ठा धार्मिक महामहोत्सवको उदघाटन गर्नुभएको छ ।
उद्घाटनका लागि मुल भट्टलाई हेलिकप्टरबाट धनगढी ल्याइएको थियो ।...














