परिवर्तन संस्थागतमा मिडियाको भूमिका अतुलनीयः प्रधानमन्त्री प्रचण्ड

परिवर्तन संस्थागतमा मिडियाको भूमिका अतुलनीयः प्रधानमन्त्री प्रचण्ड
लक्की चौधरी काठमाडौं, फागुन १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निर्धारण गरेको वैशाख ३१ मै स्थानीयतहको निर्वाचन सम्पन्न गर्न नेपाली मिडियाले सहयोग गर्नुपर्ने बताउनुभएको छ । मुलुकका लागि गणतन्त्र प्राप्तीको आन्दोलनमा मिडियाले खेलेको भूमिका अतुलनीय रहेको भन्दै उहाँले त्यसको संस्थागतका लागि पनि मिडियाको सहयोग अपरिहार्य रहेको तर्क गर्नुभयो । प्रेस...

वैशाख ३१ गते स्थानीयतहको निर्वाचन हुने, मोर्चा आन्दोलनमा

वैशाख ३१ गते स्थानीयतहको निर्वाचन हुने, मोर्चा आन्दोलनमा
काठमाडौं, फागुन ९ गते । मन्त्रिपरिषद बैठकले आगामी २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता राम कार्कीले जानकारी दिनुभयो । निर्वाचन आयोगले वैशाख ३१ मै निर्वाचन गर्न प्रस्ताव गरेअनुरुप मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको बताइएको छ ।...

पत्रकार महासंघ दाङको अध्यक्षमा सविन प्रियसन चौधरी निर्वाचित

पत्रकार महासंघ दाङको अध्यक्षमा सविन प्रियसन चौधरी निर्वाचित
काठमाडौं, फागुन १३ गते । नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्षमा सविन प्रियसन चौधरी निर्वाचित हुनुभएको छ । यसअघि शुक्रबार नै बाँके शाखाको अध्यक्षमा निर्वाचित भएर ठाकुरसिंह थारुले जिल्ला अध्यक्षमा थारुको पहिलो खाता खोल्नुभएको थियो । दाङ शाखामा पनि बाँकेमाजस्तै छ जना थारु निर्वाचित भएका छन् । अध्यक्ष प्रियसन सँगै जिल्ला...

पछाडि परेकाहरुको बाटो बन्द गर्ने अस्त्र हो थ्रेसहोल्डः अध्यक्ष थारु

पछाडि परेकाहरुको बाटो बन्द गर्ने अस्त्र हो थ्रेसहोल्डः अध्यक्ष थारु
लक्की चौधरी काठमाडौं, फागुन ५ गते । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की अध्यक्ष तथा सांसद रुक्मिणी थारुले राज्यबाट पछाडि पारिएका वर्गलाई पुनः राज्यको सुविधाबाट बञ्चित गराउने अस्त्रकोरुपमा थ्रेसहोल्ड ल्याउने प्रयास गरिएको बताउनुभएको छ । हमार पहुरा डट कमसँग विहिबार कुरागर्दै अध्यक्ष थारुले त्यस्तो आरोप लगाउँदै ठूला दलको विचार र प्रबृत्ति न...

उपाध्यक्षसहित केन्द्रीय सदस्यहरुले थरुहट तराई पार्टी त्यागे

उपाध्यक्षसहित केन्द्रीय सदस्यहरुले थरुहट तराई पार्टी त्यागे
काठमाडौं, फागुन ३ गते । गंगा थारु नेतृत्वको पार्टी नयाँ शक्ति पार्टीमा एकिकरण भएपछि थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) सम्बद्ध नेता तथा कार्यकर्ताहरुले पुरानो माउ पार्टी थरुहट तराई पार्टी नेपालबाट राजिनामा दिनेक्रम शुरु गरेका छन् । सांसद थारुकाअनुसार सो पार्टीबाट उपाध्यक्ष नन्दकुमार चौधरी, महासचिव शम्भुप्रसाद चौधरी, केन्द्रीय सदस्य सन्तोष कठरिया, सुरज...

गंगा थारुको पार्टी नयाँ शक्ति पार्टीमा समाहित, थारुको मुद्दा नछाड्ने

गंगा थारुको पार्टी नयाँ शक्ति पार्टीमा समाहित, थारुको मुद्दा नछाड्ने
काठमाडौं, फागुन २ गते । हालै थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) पार्टी खोल्नुभएकी सांसद गंगा थारु सत्गौंवाले अन्ततः डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालमा समाहित हुनुभएको छ । बबरमहलस्थित नयाँ शक्ति पार्टीको कार्यालयमा सोमबार भएको दुई पक्षीय छलफलपछि गंगा थारुले आफ्नो पार्टीलाई सो दलमा समाहित गराउनुभएको हो । अब...

संवैधानिक संकटबाट पार लगाउन नेतालाई राष्ट्रपतिको ध्यानाकर्षण

संवैधानिक संकटबाट पार लगाउन नेतालाई राष्ट्रपतिको ध्यानाकर्षण
लक्की चौधरी काठमाडौं, फागुन २ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले निर्दिष्ट गरेको समयावधि भित्र तीनवटै तहको निर्वाचन गरी मुलुकलाई राजनीतिक अस्थिरता तथा संवैधानिक संकटबाट पार लगाउन प्रमुख दलका नेताहरुको ध्यानाकर्षण गराउनुभएको छ । पछिल्लो समय दलका नेताहरुबीचको तिक्तता बढ्दैगएको र निर्वाचनमा ढिलाई हुने देखेपछि राष्ट्रपति भण्डारीले सोमबार प्रमुख सातदललाई शितल निवासमै...

शिवपुरी धाममा प्राण प्रतिष्ठा धार्मिक महा महोत्सवको उदघाटन

शिवपुरी धाममा प्राण प्रतिष्ठा धार्मिक महा महोत्सवको उदघाटन
राम दहित धनगढी, फागुन २ गते । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा आज सोमबार ज्योतिर्लिङ्गको प्राण प्रतिष्ठा गरी उद्घाटन गरिएको छ । पशुपतिनाथ मन्दिरका मूल पुजारी भट्ट (प्रधान अर्चक) ले शिवपुरीधाममा प्राणप्रतिष्ठा धार्मिक महामहोत्सवको उदघाटन गर्नुभएको छ । उद्घाटनका लागि मुल भट्टलाई हेलिकप्टरबाट धनगढी ल्याइएको थियो ।...

हरेक काम गराउँदा कर्मचारीलाई कमिसन दिनुपर्छः निर्माण व्यवसायी

हरेक काम गराउँदा कर्मचारीलाई कमिसन दिनुपर्छः निर्माण व्यवसायी
लक्की चौधरी काठमाडौं, फागुन १ गते । नेपाल निर्माण व्यवसायी महासंघले हरेक निर्माण काममा कमिसन खुवाउनु पर्ने भएकाले विकास निर्माण कामले गति लिन नसकेको बताएको छ । कानूनी अड्चन र प्रणालीगत अभावकाकारण विकास निर्माण सुस्त भएको आरोप महासंघको छ । महासंघले केन्द्रीय कार्यसमितिको बैठकपछि आइतबार चन्द्रागिरि हिल्समा गरेको पत्रकार सम्मेलनमा त्यस्तो बताएको...

बर्याताक्रम मिच्दै प्रहरी प्रमुखमा डिआइजी जयबहादुर चन्द नियुक्त

बर्याताक्रम मिच्दै प्रहरी प्रमुखमा डिआइजी जयबहादुर चन्द नियुक्त
काठमाडौं, फागुन १ गते । नेपाल प्रहरीको २५ औं प्रहरी प्रमुखमा जयबहादुर चन्द नियुक्त हुनुभएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठताक्रम मिच्दै चन्दलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गरेको हो । सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीकाअनुसार चन्द प्रमुखमा नियुक्त हुनुभयो । वरिष्ठताक्रममा चन्द नवराज सिलवाल तथा प्रकाश अर्यालपछि तेस्रो नम्बरमा हुनुहुन्थ्यो।...