दाङ क्षेत्र नं. ३ (क) बाट कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी

दाङ क्षेत्र नं. ३ (क) बाट कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी
हमार पहुरा डट कम घोराही, मङ्सिर ८ गते । दाङ निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी हुनुभएको छ । गठबन्धन दलको तर्फबाट प्रदेशसभा सदस्यका साझा उम्मेदवार चौधरी गणना भएको कुल ४० हजार ७ सय ८९ मत मध्ये १९ हजार ८ सय ५० मत प्राप्त गरी विजयी...

बर्दिया–१ प्रदेशसभा (क) मा कांग्रेसका भुवनेश्वर चौधरी निर्वाचित

बर्दिया–१ प्रदेशसभा (क) मा कांग्रेसका भुवनेश्वर चौधरी निर्वाचित
हमार पहुरा डट कम बर्दिया, मंसिर ७ गते । बर्दिया निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका भुवनेश्वर चौधरी विजयी हुनुभएको छ । चौधरीले नेकपा (एमाले) का सालिकराम अधिकारीलाई ११९ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेदवार रहनुभएका कांग्रेसका चौधरीले १७ हजार २६ मत...

बर्दिया क्षेत्र नं. २ मा स्वतन्त्र उमेद्वार लालवीर चौधरी निर्वाचित

बर्दिया क्षेत्र नं. २ मा स्वतन्त्र उमेद्वार लालवीर चौधरी निर्वाचित
मुकुन्द सुवेदी बर्दिया, मङ्सिर ७ गते । बर्दिया क्षेत्र नं. २ मा प्रतिनिनिधि सभा सदस्यमा स्वतन्त्र उमेदवार लालवीर चौधरी विजयी हुनुभएको छ । निर्वाचन अधिकृत नगेन्द्र लम्सालका अनुसार २६ हजार ५२० मतसहित चौधरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फका सुरेश पन्थले २६ हजार ३८४ मत पाउनुभएको छ । पन्थलाई...

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीले गर्‍यो क्लीन स्वीप

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीले गर्‍यो क्लीन स्वीप
चाँदनी आचार्य घोडाघोडी (कैलाली), मङ्सिर ७ गते । कैलाली क्षेत्र नम्बर ३ (क) र (ख) दुवै प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी हुनुभएको छ । बुधबार दिउँसो १२ बजे घोषणा भएको अन्तिम मतपरिणाम अनुसार ३ (क) मा घनश्याम चौधरी र (ख)मा खुशीराम चौधरी विजयी हुनुभएको हो । घनश्यामले १३ हजार ९२३...

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी
चाँदनी आचार्य घोडाघोडी (कैलाली), मङ्सिर ६ गते । प्रतिनिधि सभा सदस्यमा कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी बिजयी हुनुभएको छ । एक लाख सात हजार ६५९ मतदाता रहेको ३ नम्बर क्षेत्रमा कुल ६३ हजार ७४० मत खसेको थियो । जसमध्ये चार हजार २१ मत बदर भएको छ भने...

कैलालीमा स्थानीय तह निर्वाचनमाजस्तो मतदातामा उत्साह देखिएन

कैलालीमा स्थानीय तह निर्वाचनमाजस्तो मतदातामा उत्साह देखिएन
अविनाश चौधरी धनगढी, मङ्सिर ४ गते । प्रतिनिधि र प्रदेश सभा सदस्यको आइतबार सम्पन्न निर्वाचनमा मतदातामा स्थानीय तहको निर्वाचनजस्तो उत्साह देखिएन । स्थानीय तह निर्वाचन सम्पन्न भएको ७ महिनापछि भएको आमनिर्वाचनमा मतदातामा उत्साह नदेखिएको हो । यो निर्वाचनमा उम्मेदवार पनि कम रहेका कारण मतदातामा त्यति उत्साह नदेखिएको कैलारी गाउँपालिका –७ तिघरीका चन्द्रप्रसाद...

कैलाली ३ मा गौरीशंकर, कुन्दन र गंगाबीच त्रिपक्षीय भिडन्त हुने

कैलाली ३ मा गौरीशंकर, कुन्दन र गंगाबीच त्रिपक्षीय भिडन्त हुने
चाँदनी आचार्य कैलाली, कात्तिक २९ गते । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा तीन राजनीतिक दलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा नेकपा (एमाले) का गौरीशंकर चौधरी, माओवादी केन्द्रका कृष्ण चौधरी कुन्दन र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगा चौधरीबीच मुख्य प्रतिस्पर्धा...

सुनसरी ३ का मतदाताले यसपाली मलाई न्याय गर्नुहुन्छ : नेत्री चौधरी

सुनसरी ३ का मतदाताले यसपाली मलाई न्याय गर्नुहुन्छ : नेत्री चौधरी
हमार पहुरा डट कम इटहरी, कात्तिक २१ गते । नेकपा (एमाले) को तर्फबाट सुनसरी ३ का उम्मेदवार भगवती चौधरीले यस पटक जनताले आफूलाई न्याय गर्ने बताउनुभएको छ । इटहरी ६ अनामनगरमा आयोजित कोणसभालाई सोमबार सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । दुई दुई पटक जनताले जिताए पनि शक्तिको आडमा धाँधली गरेर...

वर्दियाका तीन थारु नेताद्वारा नागरिक उन्मुक्ति पार्टी परित्याग

वर्दियाका तीन थारु नेताद्वारा नागरिक उन्मुक्ति पार्टी परित्याग
हमार पहुरा डट कम काठमाडौं, कात्तिक १८ गते । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीका तीन नेताले पार्टी त्यागेको घोषणा गरेका छन् । पार्टीभित्र परिवारवाद हाबी भएको र संरक्षक रेशम चौधरीले प्रतिगमनकारी शक्तिहरुसँग साँठगाँठ गरेको आरोप लगाउँदै पार्टी त्यागको लिखित घोषणा गरेका छन् । सो पार्टीका वर्दियाका नेताहरु मोहनलाल चौधरी, धनीराम...

उच्च अदालत तुलसीपुरद्वारा थारु आरक्षण विषयमा अल्पकालिन आदेश

उच्च अदालत तुलसीपुरद्वारा थारु आरक्षण विषयमा अल्पकालिन आदेश
हमार पहुरा डट कम काठमाडौं, कात्तिक १६ गते । उच्च अदालत तुलसीपुरले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनी प्रदेश बुटवललाई आरक्षणमा थारु कोटा नछुट्याई तत्कालका लागि पदपूर्ति नगर्नु नगराउनु भन्दै अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । थारु कल्याणकारिणी सभा (थाकस) दाङ शाखाका अध्यक्ष भुवन चौधरीले हाल्नुभएको रिटमा सुनुवाई गर्दै उच्च अदालत तुलसीपुरका...