सरकारका मन्त्रीहरु भोजभतेर गराउँदै, भोट माग्दै प्रदेश नं. २ मा
दुष्यन्त चौधरी
कलैया, भाद्र २६ गते । निर्वाचन आचार संहिता विपरीत सरकारका मन्त्रीहरु प्रदेश नं. २ को असोज २ गते हुने निर्वाचनका लागि भोजभतेर गर्दै जनताको घरमा मत माग्न व्यस्त रहेका छन् ।
गृहमन्त्री जनार्दन शर्माले नेपाल सरकारको सेवा सुविधा लिई कलैयामा भोजभतेर गर्दै भोट मागेको देखिएको छ । तेस्रो चरणको स्थानीय...













