सरकारी जग्गा हडपेर बनेका संरचना भत्काउन लगाउँछुः मेयर चौधरी
धनबहादुर पुरी
इटहरी, साउन १८ गते । इटहरी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर द्वारिकलाल चौधरी अहिले ऐलानी जग्गा हडपेर बनाइएका घर संरचना भत्काउने चेतावनी दिनुभएको छ । जग्गा माफियाहरुको जगजगी भएको भन्दै मेयर चौधरीले ऐलानी जग्गामा बनेका भौतिक संरचना भत्काउन निर्देशन दिनुभएको छ ।
इटहरी उपमहानगरपालिकामा १ हजार बिघाभन्दा बढी सरकारी ऐलानी जग्गा रहेको...














