नागरिक पार्टीको तराई चक्काजामको प्रभाव परेन, केही पक्राउ

नागरिक पार्टीको तराई चक्काजामको प्रभाव परेन, केही पक्राउ
काठमाडौं, पुस ६ गते । नागरिक समाजवादी पार्टीको आव्हानमा बुधबार तराई चक्काजामको खासै प्रभाव पर्न सकेन । मंगलबार साँझको मसाल जुलुश प्रदर्शन नै फितलो भएपछि चक्काजामको प्रभाव कम परेको हो । चक्काजाममा थारु कल्याणकारिणीसभा, थरुहट थारुवान संयुक्त संघर्ष समितिको समेत ऐक्यवद्धता नदेखिएपछि चक्काजाम प्रभावकारी हुन नसकेको बताइएको छ । नेता राजकुमार...

प्रवक्ता माधव थारुको शल्यक्रिया सफल, अवस्था सुधारोन्मुख

प्रवक्ता माधव थारुको शल्यक्रिया सफल, अवस्था सुधारोन्मुख
काठमाडौं, पुस ५ गते । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारुको ढाडको शल्यक्रिया सफल भएको छ । करिब साढे पाँच घण्टा समय लगाएर चिकित्सकले थारुको पछाडिको मेरुदण्डको शल्यक्रिया गरेको हो । शल्यक्रियापछि प्रवक्ता थारुलाई अहिले राष्ट्रिय ट्रमा सेन्टरको आइसियूमा राखिएको छ । २४ घण्टासम्म थारुलाई आइसियूमा राखिने चिकित्सकले...

जाँच गराउन सहज भएपछि सिकलसेलको विरामी झन बढ्दै

जाँच गराउन सहज भएपछि सिकलसेलको विरामी झन बढ्दै
कैलाली, पुस ५ गते । कैलालीमा सिकलसेल भयावह बन्दै गएको छ । रोग पत्ता लगाउने मेशिन धनगढीमा जडान भएपछि सिकलसेलका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको स्वास्थ्यकर्मीको अनुभव छ । टीकापुर अस्पतालका डा. रामकुमार दासले उपचारका लागि आउने करिब २ सय बिरामीमध्ये ५०, ६० प्रतिशत सिकलसेलका हुने गरेको बताए । जिल्ला जनस्वास्थ्य कार्यालय...

कटैनी नदीको पुल माघ मसान्तभित्र सञ्चालनमा ल्याउने तयारी

कटैनी नदीको पुल माघ मसान्तभित्र सञ्चालनमा ल्याउने तयारी
राम दहित कैलाली, पुस ४ गते । कैलालीकोे पवेरास्थित कटैनी नदिमा बन्दै गरेको निर्माणाधिन पुल अगामी माघ महिनाभित्रै निर्माणकार्य सम्पन्न हुने भएको छ । हुलाकी निर्माण आयोजना धनगढीका प्रमुख तुरन्त मण्डल निर्माणाधिन कटैनीपुल माघ मसान्तसम्म तयार हुने बताएका छन् । प्रमुख मण्डल निर्माणाधिन कटैनीपुल दुई महिनाभित्रै ढलान गरीसक्ने जानकारी गराएका छन्...

लक्ष्मण थारुले गच्छदारको पार्टी त्यागे, न्याय पाउने आशा

लक्ष्मण थारुले गच्छदारको पार्टी त्यागे, न्याय पाउने आशा
राम दहित धनगढी, पुस ४ गते । थरुहट नेता तथा मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य लक्ष्मण थारुले सो पार्टीबाट राजिनामा दिएका छन् । विजयकुमार गच्छदार नेतृत्वको सो दलको केन्द्रीय सदस्य र साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट पुस ४ गतेदेखि लागुहुनेगरी राजीनामा दिएको पत्र प्रेसित गरेका छन् । नेता थारुले आफ्नो...

जनजाति महासंघको बन्दसत्रमा अलमल, प्रतिनिधि घामताप्न व्यस्त

जनजाति महासंघको बन्दसत्रमा अलमल, प्रतिनिधि घामताप्न व्यस्त
सन्तकुमार चौधरी चितवन पुस ४ गते । चितवनको नारायणगढमा जारी नेपाल आदिवासी जनजाति महासंघको नवौं महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा छलफल नै शुरुहुन सकेको छैन । प्रतिनिधि र पर्यवेक्षकहरु दिनभर घाम तापेर समय विताएका छन् । आइतवार पनि निर्धारित समयभन्दा झण्डै नौं घण्टा ढिलागरी बन्दसत्र शुरु भएको थियो । आइतवारको बन्दसत्रमा महासचिव...

माधव थारुको शल्यक्रिया मंगलबार हुने, आर्थिक संकलनमा तिव्रता

माधव थारुको शल्यक्रिया मंगलबार हुने, आर्थिक संकलनमा तिव्रता
गीता चौधरी काठमाडौं, पुस ४ गते । थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य तथा थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारुको अपरेशन (शल्यक्रिया) मंगलबार राष्ट्रिय ट्रमा सेन्टरमा हुने भएको छ । लामो समयको पखाई पछि थारुको शल्यक्रिया हुन लागेको हो । यसअघि गत विहिबार शल्यक्रिया गर्ने तयारी हुँदासमेत पैसाको जोहो...

प्रवेशद्वारमै तालाबन्दीले जनजाति महासंघको बन्दसत्र शुरुहुन ढिलाई

प्रवेशद्वारमै तालाबन्दीले जनजाति महासंघको बन्दसत्र शुरुहुन ढिलाई
सन्तकुमार चौधरी चितवन पौष ३ गते । मताधिकारको विषयमा विवाद भएपछि निर्धारित समयमा जनजाति महासंघको बन्दसत्र सुरु हुन सकेन । आइतबार विहान ८ बजेदेखि बन्दसत्र सुरुगर्ने भनिएपनि जिल्ला शाखाका अध्यक्षहरुको विरोधकाकारण साँझ ४ः३० बजेमात्र बन्दसत्र सुरुभयो । जिल्ला शाखाका अध्यक्षहरुले बन्दसत्र सुरुहुने सभाहलको मुख्य प्रवेशद्वारमा तालाबन्दि गरेपछि महाधिवेशनका प्रतिनिधिहरु सभाहलभित्र प्रवेश गर्न...

संविधानले थारु मधेसीको अधिकार सम्बोधन गरेको छैनः प्रधानमन्त्री

संविधानले थारु मधेसीको अधिकार सम्बोधन गरेको छैनः प्रधानमन्त्री
चित्तवन, पुस २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता खारेज गर्ने षडयन्त्र भइरहेको खुलासा गर्नुभएको छ । नेपाल आदिवासी जनजाति महासङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई शनिबार यहाँ सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभयो । वर्तमान सरकारले चालेको कदमलाई साथ नदिए देशमा ठूलो राजनीतिक दुर्घटना हुने खतरा पनि औल्याउनुभयो । सङ्घीयताले देश टुक्राउँछ,...

क्याम्पस प्रमुख चन्दद्वारा आर्थिक सहयोग प्रदान

क्याम्पस प्रमुख चन्दद्वारा आर्थिक सहयोग प्रदान
धनगढी, मंसिर २९ गते । महेन्द्रनगरका स्वर्गीय पत्रकार कर्ण बोहराको श्रीमति ममता बोहराको उपचारको लागि कैलाली बहुमुखी क्याम्पस धनगढीले आर्थिक सहयोग प्रदान गरेको छ । क्याम्पसका प्रमुख सुरेन्द्र चन्दले बुधबार १५ हजार रुपियाको चेक उपचारका लागि हस्तान्तरण गर्नुभयो । प्रमुख चन्दले नेपाल पत्रकार महासंघका जिल्ला सदस्य राम दहितलाई उक्त रकमको चेक...