थारु बडघर प्रथा संरक्षण र पहिचान हुनुपर्ने थारु अगुवाहरुको माग
बर्दिया, मङ्सिर १६ गते । थारु गाउँघरमा रहेको वडघर प्रथा संरक्षण र पहिचान हुनुपर्ने माग थारु अगुवाहरुको छ । संविधानमै प्रथाजनित कानून अन्तर्गत त्यसलाई समेट्न माग उहाँहरुको छ ।
बर्दियाको गुलरियामा कमैया महिला जागरण समाज नेपालले बुधबार आयोजना गरेको ‘दिगो स्थानीय विकासमा थारू प्रथाजनित सङ्गठनको भूमिकाः सम्भावना र चुनौती’ विषयक एक...














