सरकारलाई दिएको समर्थन दुई दिनभित्र फिर्ता लिन्छौंः नेता सुमन

सरकारलाई दिएको समर्थन दुई दिनभित्र फिर्ता लिन्छौंः नेता सुमन
काठमाडौं, असार १९ गते । राजपा नेपालका नेता मनिष सुमनले सरकारलाई दिएको समर्थन एक, दुई दिनभित्रै फिर्ता लिने बताउनुभएको    छ । देउवा नेतृत्वको सरकारले आफूहरुलाई धोका दिएको भन्दै सुमनले एमालेसँग सम्बन्ध विस्तार गर्ने स्पष्ट पार्नुभयो । रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा नेता सुमनले भन्नुभयो, ‘एमाले अहिले सुध्रिएको छ,...

विवाद देखिएपछि धनगढी उपमहानगरपालिकाको मतगणना रोकियो

विवाद देखिएपछि धनगढी उपमहानगरपालिकाको मतगणना रोकियो
लक्की चौधरी धनगढी, असार १९ गते । प्रदेश नं. ७ को एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनाका क्रममा देखिएको विवादले स्थगित भएको मतगणनालाई सुचारु गर्ने या नगर्ने भन्ने विषयमा निर्वाचन कार्यालय धनगढीले निर्वाचन आयोग केन्द्रको आदेश पर्खेर बसेको छ । मतपेटिकामा उल्लेखित मतसंख्या र मुचुल्का भिडाउन उम्मेदवारहरुले माग गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले केही...

सुदूरपश्चिम विकासको मार्गचित्र तयार गर्न बौद्धिक छलफल हुँदै

सुदूरपश्चिम विकासको मार्गचित्र तयार गर्न बौद्धिक छलफल हुँदै
लक्की चौधरी धनगढी, असार १८ गते । प्रदेश नं. ७ (सुदूर पश्चिम) को विकासको मार्गचित्र तयार गर्न सोमबारदेखि दुई दिवसीय आर्थिक–सामाजिक विषयक् बौद्धिक छलफल धनगढीमा शुरु हुँदैछ । सो कार्यक्रमको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ । सुदूरपश्चिमबाट सरकारको नेतृत्व गर्ने अवसर केही व्यक्तित्वहरुले पाएपनि समग्र विकासको मार्गचित्र कोर्न नसक्दा यहाँको विकास सम्भव...

समाजसेवी ठकनी चौधरीद्वारा थारु महिला सभालाई जग्गा प्रदान

समाजसेवी ठकनी चौधरीद्वारा थारु महिला सभालाई जग्गा प्रदान
कुलदिप चौधरी सुनसरी, असार १८ गते । थारु महिला सभा जिल्ला कार्य समिति सुनसरीलाई समाजसेवी ठकनी चौधरीले इटहरी बजारको करिब तीन धुर जग्गा दान गर्नुभएको छ । थारु कल्याणकारिणीसभाको भातृ संगठनकोरुपमा रहेको सभालाई स्वर्गीय धनुषधारी चौधरीका श्रीमती चौधरीले संस्थाको काम अझ राम्रो होस् भन्दै जग्गा दान गरेको बताउनुभयो । जग्गा प्रदान गरेबापत...

महतोलाई गोली हान्ने फरार अभियुक्त ठकुरी भारत दिल्लीबाट पक्राउ

महतोलाई गोली हान्ने फरार अभियुक्त ठकुरी भारत दिल्लीबाट पक्राउ
कारी महतो चित्तवन, असार १७ गते । भरतपुर महानगरपालिका वडा नं. २५ चितहीमा जेठ ४ गते राती करीब १२ बजे गंगासागर महतोलाई गोली हानेर हत्या गर्ने मुख्य अभियुक्त तथा योजनाकार कृष्ण शाही ठकुृरीलाई भारतको दिल्लीबाट प्रहरीले पक्राउ गरेको छ । भरतपुर जिल्ला प्रहरी कार्यालयमा शनिबार पत्रकार सम्मेलन मार्फत् ठकुरीलाई सार्वजनिक गरिएको छ...

कैलालीको जोशीपुर गाउँपालिकामा कांग्रेसका थारु उम्मेदवारको जीत

कैलालीको जोशीपुर गाउँपालिकामा कांग्रेसका थारु उम्मेदवारको जीत
कैलाली, असार १७ गते । थारुको सघन बसोबास रहेको कैलालीको जोशीपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले विजय हासिल गरेका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका रामकृष्ण चौधरी ३ हजार ४ सय ३२ मत प्राप्त गरी विजयी हुनुभयो । त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै गीता कठरिया ३ हजार ७ सय ६८ मतका साथ विजयी हुनुभएको...

टीकापुर र भजनी न.पा.मा लोकतान्त्रिक फोरमको अग्रता कायमै

टीकापुर र भजनी न.पा.मा लोकतान्त्रिक फोरमको अग्रता कायमै
टीकापुर, असार १६ गते । कैलालीको दुई नगरपालिका टीकापुर र भजनी न.पा.मा नेपाल लोकतान्त्रिक फोरमको अग्रता कायमै रहेको छ । लोकतान्त्रिक फोरमका उम्मेदवारले गणना भएको ७ हजार ६३९ मध्ये १ हजार ६३४ मत हासिल गरेका छन्। समाजवादी फोरमका उम्मेदवारले १ हजार २८४ मत पाएका छन्। कांग्रेसका उम्मेदवार १ हजार २२८ मतसहित...

दाङको दंगीशरण गाउँपालिका वडा नं. १ मा एमालेको प्यानल विजयी

दाङको दंगीशरण गाउँपालिका वडा नं. १ मा एमालेको प्यानल विजयी
दाङ, असार १५ गते । दाङको दंगीशरण गाउँपालिका वडानम्बर १ को अध्यक्षमा एमालेका श्रीप्रसाद चौधरीको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका युवराज खड्कालाई १ सय १९ मत अन्तरले पछि पार्दै चौधरी विजयी भएको निर्वाचन आयोग दाङले बताएको छ । विजयी चौधरीले ३ सय ९७ मत प्राप्त गरेका छन्...

दाङको दुवै उपमहानगरपालिकामा एमाले अग्रता, माओवादीको खाता

दाङको दुवै उपमहानगरपालिकामा एमाले अग्रता, माओवादीको खाता
दाङ, असार १५ गते । दाङका दुई उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । प्रारम्भिक गणनाको परिणाम अनुसार घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रता लिएको हो । घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले ४२० मतका साथ अग्रता लिएका छन् । माओवादीका जीवन गौतम ३२० मतका साथ दोस्रो स्थानमा...

निर्वाचनमा मतदाताको उत्साह, सुदूरपश्चिममा निर्वाचन शान्तिपूर्ण

निर्वाचनमा मतदाताको उत्साह, सुदूरपश्चिममा निर्वाचन शान्तिपूर्ण
धनगढी, असार १४ गते । सुदूर पश्चिमको नौ जिल्लामा छिटपुट सामान्य घटना बाहेक स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान शान्तिपूर्णरुपमा भइरहेको छ । बिहान ७ बजेदेखि शुरुभएको मतदान प्रक्रिया साँझ ५ बजेपछिसम्म सुचारु रहने निर्वाचन आयोगले बताएको छ । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालकाअनुसार कैलालीसहित प्रदेश नं. ७ का...