महतोलाई गोली हान्ने फरार अभियुक्त ठकुरी भारत दिल्लीबाट पक्राउ
कारी महतो
चित्तवन, असार १७ गते । भरतपुर महानगरपालिका वडा नं. २५ चितहीमा जेठ ४ गते राती करीब १२ बजे गंगासागर महतोलाई गोली हानेर हत्या गर्ने मुख्य अभियुक्त तथा योजनाकार कृष्ण शाही ठकुृरीलाई भारतको दिल्लीबाट प्रहरीले पक्राउ गरेको छ ।
भरतपुर जिल्ला प्रहरी कार्यालयमा शनिबार पत्रकार सम्मेलन मार्फत् ठकुरीलाई सार्वजनिक गरिएको छ...














