बाँकेमा थारु पत्रकारलाई एक महिने आधारभूत पत्रकारिता तालिम

बाँकेमा थारु पत्रकारलाई एक महिने आधारभूत पत्रकारिता तालिम
भगतराम थारु नेपालगञ्ज, मंसिर २५ गते । थारु पत्रकार संघ बाँकेको आयोजनामा शनिबारदेखि एक महिने आधारभुत पत्रकारिता तालिम नेपालगन्जमा सुरु भएको छ । संघ नेपाल बाँकेका अध्यक्ष विमला चौधरीको अध्यक्षतामा भएको तालिमको उद्घाटन प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य झलक गैरे र महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीले संयुक्तरुपमा गर्नुभएको थियो । तालिमको...

महिला हिंसाको जड नेपालीको घर–घरमा छः महिला नेतृहरु

महिला हिंसाको जड नेपालीको घर–घरमा छः महिला नेतृहरु
काठमाडौ, मंसिर २५ गते । नेपालका ऐन कानूनले धेरै हदसम्म महिला अधिकार सुनिश्चित गरेको भएपनि व्यवहारमा कार्यान्वयन नभएर महिला हिंसामा न्यूनिकरण हुन नसकेको महिला नेतृहरुको तर्क छ । महिला किसान संघ, नेपालद्वारा शनिबार यहाँ आयोजित खाद्यअधिकार, भूस्वामित्व तथा महिला हिंसा विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले त्यस्तो तर्क गर्नुभयो । महिला हिंसाको अन्त्य...

थरुहट संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारु बाइक दुर्घटनामा

थरुहट संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारु बाइक दुर्घटनामा
धनगढी, मंसिर २४ गते । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारु दुर्घटनामा पर्नुभएको छ । उर्मा –८, भादा होमस्टे गाउँबाट आफन्तको विवाहमा सहभागी भएर घर फर्कने क्रममा विहिबार राती झण्डै १२ बजेको समयमा पूmलबारी टंकी भन्ने ठाउँमा मोटरसाईकल दुर्घटनामा परि गम्भीर घाईते हुनु भएको हो । प्रवक्ता थारुसंगै...

कैलाली र कञ्चनपुरमा थारुको बन्द आव्हान, विहानैदेखि बजार बन्द

कैलाली र कञ्चनपुरमा थारुको बन्द आव्हान, विहानैदेखि बजार बन्द
राम दहित धनगढी, मंसिर २४ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिको आमहड्तालका कारण सुदूरपश्चिमको दुईजिल्ला कैलाली र कञ्चनपुरमा बन्दको प्रभाव परेको छ । सरकारले ल्याएको पछिल्लो संशोधन प्रस्तावमा कैलाली र कञ्चनपुरलाई पाँच नम्बर प्रदेशमा नसमेटिएको विरोधमा संघर्ष समिति कैलालीले शुक्रबार एकदिन बन्द आव्हान गरेको हो । धनगढी बजार पूर्णरुपले बन्द छ...

कल्याणकारिणीसभाको नविकरण भएन, बजेट निकासामा समस्या

कल्याणकारिणीसभाको नविकरण भएन, बजेट निकासामा समस्या
काठमाडौं, मंसिर २४ गते । हरेक वर्ष साउन मसान्त र ढिलोमा असोज मसान्तसम्म गर्नुपर्ने संस्था नविकरण यसवर्ष थारु कल्याणकारिणीसभा केन्द्रीय संस्था नविकरण अझैसम्म हुन सकेको छैन । नेतृत्वको लापरवाहीले संस्था नविकरण हुन नसकेको सदस्यहरुको गुनासो छ । सभाको नविकरण हुन नसक्दा आर्थिक खर्च व्यवस्थापन र बजेट निकासमा समेत समस्या परेको सचिवालयका...

सहमति कार्यान्वयनको मागगर्दै मुक्त कमलरीले सिंहदरवार घेराउ गर्ने

सहमति कार्यान्वयनको मागगर्दै मुक्त कमलरीले सिंहदरवार घेराउ गर्ने
सन्तोष दहित दाङ, मंसिर २३ गते । मुक्त कमलरी र सरकारवीच भएको १० वुँदे सहमति कार्यान्वयनमा सरकारले हेलचक्राई गरेको भन्दै तत्काल कार्यान्वयनमा ल्याउन माग गर्दै मुक्त कमलरीहरुले शुक्रबारदेखि सिंहदरबार घेराउन गर्ने भएका छन् । मुक्त कम्लरी विकास मञ्चको केन्द्रीय कार्यालयमा विहिबार पत्रकार सम्मेलन गरी त्यस्तो जानकारी उनीहरुले गराएका हुन् । कमलरी प्रथा...

संशोधन प्रस्ताव ठग्ने मनसायकासाथ आएको छः अध्यक्ष यादव

संशोधन प्रस्ताव ठग्ने मनसायकासाथ आएको छः अध्यक्ष यादव
राजविराज, मंसिर २३ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुसँग छलफल नै नगरी ल्याईएको संशोधन प्रस्तावले ठग्ने काममात्र गरेको भन्दै खारेजीको माग गर्नुभएको छ । सप्तरीको नर्घोगाउँ विकास समितिस्थित झहुराचौकमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले त्यस्तो बताउनुभयो । हालै ल्याईएको संशोधन प्रस्ताव मधेशी, थारु, आदिवासी, दलित, जनजाती, मुस्लिमलगायतका...

ओलीले गर्नेकाम राष्ट्रवादी हुने, मैले गर्ने अराष्ट्रवादी कसरीः प्रचण्ड

ओलीले गर्नेकाम राष्ट्रवादी हुने, मैले गर्ने अराष्ट्रवादी कसरीः प्रचण्ड
राम दहित धनगढी, मंसिर २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अघि सरकारको तर्फबाट व्यवस्थापिका संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन विधेयक कुनै हालतमा फिर्ता नहुने बताउनु भएको छ । धनगढीमा सुदूर पश्चिम महोत्सवको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै उहाँ राष्ट्रलाई एकताबद्ध बनाउनका लागि ल्याइएको संशोधन विधेयक भएको फिर्ता नलिने...

संशोधन प्रस्ताव पारित भएपनि थारुको माग सम्बोधन गर्दैनः थारु नेता

संशोधन प्रस्ताव पारित भएपनि थारुको माग सम्बोधन गर्दैनः थारु नेता
काठमाडौं, मंसिर २२ गते । मधेशी र जनजाति समुदायको माग सम्बोधन गर्न भन्दै सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनप्रति तराईरमधेशको निर्णायक शक्ति थारू समुदायले चर्को असन्तुष्टि जनाएको छ । थारू समुदायका अगुवाहरूले संशोधन प्रस्ताव पारित भए आन्दोलन चर्किने चेतावनी दिएका छन् । आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष तथा नागरिक समाजवादी पार्टीका अध्यक्ष...

आयव्यय नबुझाउने ८२ दल कारवाहीमा, थरुहट तराई पार्टी पनि

आयव्यय नबुझाउने ८२ दल कारवाहीमा, थरुहट तराई पार्टी पनि
काठमाडौँ, मङ्सिर २२ गते । निर्वाचन आयोगले प्रचलित कानुनी व्यवस्थाको बेवास्ता गरी आयव्ययसहितको वार्षिक प्रतिवेदन नबुझाउने ८२ वटा राजनीतिक दललाई जरिवाना गर्ने भएको छ । कानुनी व्यवस्थाअनुसार समयमा प्रतिवेदन नबुझाउने दललाई एक सय रुपियाँ जरिवाना हुने प्रावधान छ । जरिवाना गरिएका दलहरूमा व्यवस्थापिका संसदमा रहेका दलहरू पनि परेका छन् । संसदमा...