चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले गराए पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी
काठमाडौँ, असार ४ गते । प्रधानमन्त्री के.पी. शर्मा ओलीले मंगलबारट हुन लागेको आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धीमूलक बनाउने तयारी भएको बताउनु भएको छ ।
चीन भ्रमणको तयारीकासम्बन्धमा सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई अवगत गराउदैँ उहाँले भन्नुभयो, “तपाईहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु, मूख्यतः राष्ट्रिय हितलाई ध्यानमा राख्ने छु ।”
पूर्वप्रधानमन्त्रीहसँगको भेटअघि प्रधानमन्त्री...













