परिचयपत्रका लागि धमाधम फाराम संकलन हुँदै, कमलरीहरु उत्साहित

परिचयपत्रका लागि धमाधम फाराम संकलन हुँदै, कमलरीहरु उत्साहित
लखन चौधरी धनगढी, माघ ११ गते । कैलालीमा मुक्तकमलरीहरुलाई परिचयपत्र वितरण गर्न भन्दै धमाधम फारम संकलन भइरहेको छ । मुक्त कमलरीहरु त्यसबाट उत्साहित भएको बताएका छन् । सरकारले मुक्त घोषणा गरेको चार वर्षपछि कमलरीहरुको पहिचानसहितको परिचयपत्र वितरणका लागि फारम संकलन गरिएको हो । २०७० असार १३ गते गते मन्त्रिपरिषद्को बैठकले तराईका कैलाली,...

कञ्चनपुरका थारुले वलिदिने प्रथाको गरे अन्त्य, अब प्रसादले काम चलाउने

कञ्चनपुरका थारुले वलिदिने प्रथाको गरे अन्त्य, अब प्रसादले काम चलाउने
फाइल तस्विरः लक्की चौधरी, धनगढी ५, जाइँगाउँ । कञ्चनपुर, माघ ११ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले पूजामा पशुपक्षी बलि दिन निषेध गर्ने निर्णय गरेका छन् । अब पशुपन्छि वलीको ठाउँमा फलफूल, प्रसादले काम चलाउने निर्णय सो गाउँलेहरुले गरेका छन् । माघी पर्वको महत्वपूर्ण दिन खोजनी बोझनीकालागि आयोजित बैठकमा गाउँका भद्रभालदमी,...

चौतर्फी संकटमा छन पूर्वका थारु ग्रामथान, दर्ता प्रक्रियामा लैजान सुझाव

चौतर्फी संकटमा छन पूर्वका थारु ग्रामथान, दर्ता प्रक्रियामा लैजान सुझाव
रामधुनी ९, मर्चैया सुनसरीको ग्रामथान लक्की चौधरी (तस्विर समेत) सुनसरी, माघ ८ गते । थारु गाउँभरीको देवताको बास रहने थारु ग्रामथानलाई दर्ता प्रक्रियामा लैजान नसक्दा अहिले चौतर्फी संकटमा छ । थारु गाउँवस्तीमा सदियौंदेखि चर्चेको ग्रामथानको जग्गा भू–माफियाले कित्ताकाट गरी अरुलाई विक्री गरिदिंदा ग्रामथान विस्थापनमा परेको हो । सुनसरीको इटहरी ८, टेङ्ग्रा टोलमा निर्मित विच्छु...

माघी संक्राइतमा निरुता चौधरी बनिन् रामधुनी थारु आइडल २०७४

माघी संक्राइतमा निरुता चौधरी बनिन् रामधुनी थारु आइडल २०७४
लक्की चौधरी रामधुनी (सुनसरी), माघ ७ गते । थारु महिला उत्थान समाजद्वारा आयोजित रामधुनी थारु आइडलमा निरुता चौधरी थारु आइडल २०७४ उपाधि हात पार्न सफल भएकी छिन् । सातजना प्रतिस्पर्धीलाई उछिन्दै निरुता सो उपाधि हात पार्न सफल भएकी हुन् । माघी महोत्सव तथा तिला संक्राइत २०७४ को अन्तिम दिन शनिबार भएको प्रतियोगितामा...

थारु संस्कृतिको प्रवर्दन गर्न झुम्का बजारमा महिलाले चलाए माघी महोत्सव

थारु संस्कृतिको प्रवर्दन गर्न झुम्का बजारमा महिलाले चलाए माघी महोत्सव
लक्की चौधरी झुम्का (सुनसरी), माघ ६ गते । थारु समुदायमा प्रमुख पर्वकोरुपमा स्थापित माघी पर्वको अवसरमा झुम्का बजारमा थारु महिलाले आफ्नै नेतृत्वमा माघी महोत्सव २०७४ सञ्चालन गरेर उदाहरणीय सन्देश प्रवाह गरेका छन् । थारु महिला उत्थान समाज रामधुनी, सुनसरीको आयोजनामा भएको सातदिने थारु माघी तथा तिला संक्राइत महोत्सवले थारु संस्कार, संस्कृति, भेषभुषाको...

निर्वाचन आयोगले सार्वजनिक गर्यो प्रदेश समानुपातिक परिणाम (सूचीसहित)

निर्वाचन आयोगले सार्वजनिक गर्यो प्रदेश समानुपातिक परिणाम (सूचीसहित)
  काठमाडौं, माघ ४ गते । निर्वाचन आयोगले प्रदेश सभामा समानुपातिकतर्फबाट निर्वाचित २२० जना सदस्यहरूको नाम टुङ्गो लगाएको छ । विजयी उम्मेदवारहरूलाई माघ ५ गते शुक्रबार दिनको १ बजे प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगले प्रदेश सभाको मतदानको मतपरिणामअनुसार राजनीतिक दलहरूले बन्द सूचीमा पेश गरी समावेशी सिद्धान्तअनुसार निर्वाचित भएको घोषणा गर्न...

सरकारले तोक्यो अस्थायी राजधानी र प्रदेश प्रमुख, प्रदेश ७ को धनगढी

सरकारले तोक्यो अस्थायी राजधानी र प्रदेश प्रमुख, प्रदेश ७ को धनगढी
काठमाडौं, माघ ३ गते । प्रदेशको अस्थायी राजधानी तोक्न र प्रदेश प्रमुख नियुक्त गर्नकालागि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ। कानुनमन्त्री यज्ञबहादुर थापाले दिएको जानकारीअनुसार प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर, २ को जनकपुर, ३ को हेटौँडा, ४ को पोखरा, ५ को रुपन्देही, ६...

मलेसियामा पहिलो पटक भव्य थारु माघी महोत्सव २०७४ सम्पन्न

मलेसियामा पहिलो पटक भव्य थारु माघी महोत्सव २०७४ सम्पन्न
आर.एन. चौधरी मलेसिया, माघ २ गते । मलेसियाको इतिहासमै पहिलो चोटि प्रवासी थारु सेवा समाजले थारु माघी महोत्सव तथा वार्षिक उत्सव २०७४ भव्यताको साथ सफल बनाएको छ । थारु पीडितहरुको सहयोगार्थ आयोजना गरिएको उक्त कार्यक्रमको उदघाटन संघिय मामिला तथा स्थानिय विकास राज्यमन्त्री जनकराज चौधरीले गर्नुभयो । विशेष अतिथीमा मलेसियास्थित नेपाली दुतावासका राजदुत डा....

सुनसरीको झुम्काबजारमा महिला उत्थान समाजको माघी तहल्का

सुनसरीको झुम्काबजारमा महिला उत्थान समाजको माघी तहल्का
कुलदिप चौधरी झुम्का, माघ १ गते । सुनसरीको झुम्का बजारमा थारु महिला उत्थान समाजद्वारा आयोजित दोस्रो थारु माघी महोत्सव एवं तिला संक्राइतले झुम्कामा तहल्का मच्चाइरहेको छ । पुस ३० गते शुरुभएको महोत्सव माघ ६ गतेसम्म चल्ने छ । महोत्सवले झुम्काबजारमा बेग्लै किसिमको रौनक ल्याइदिएको छ । थारु संस्कार र संस्कृतिजन्य कार्यक्रमको रमझमले...

थारुको माग नयाँ संविधानले सुनिश्चित गरेको छः प्रधानमन्त्री देउवा

थारुको माग नयाँ संविधानले सुनिश्चित गरेको छः प्रधानमन्त्री देउवा
लक्की चौधरी काठमाडौं, माघ १ गते । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ संविधानले सबै जातजाति र समुदायको अधिकार सुनिश्चित् गरेकाले विकास निर्माणमा सघाउन थारु समुदायलाई आव्हान गर्नुभएको छ । माघी महोत्सव २०७४ को सोमबार टुँडीखेलमा यहाँ उदघाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले त्यस्तो आव्हान गर्नुभयो । संविधान कार्यान्वयन भएमा सबैको अधिकार...