समाचार
प्रबन्धक चौधरी आदिबासी चलचित्र प्रबर्दन समितिमा मनोनित
काठमाडौं, माघ १६ गते । थारु कल्याणकारिणीसभा केन्द्रीय प्रचार विभाग प्रमुख तथा हमार पहुरा डट कमका प्रबन्धक रामलाल चौधरी आदिबासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिको सदस्यमा मनोनयन हुनुभएको छ ।
चलचित्र विकास बोर्डको गतसाता माघ ७ गतेको बैठकले चौधरीलाई सो पदमा मनोनयन गरेको हो । सँगै आठजनालाई त्यसमा मनोनयन गरेको छ...
कक्षा ११ र १२ को परीक्षा कार्यतालिका सार्वजनिक (तालिका सहित)
काठमाडौं, माघ १६ गते । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यस वर्षको कक्षा ११ र १२ को वार्षिक परीक्षाको समयतालिका आइतबार सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार २०७४ वैशाख १० गतेदेखि वैशाख २२ गतेसम्म कक्षा १२ को परीक्षा हुनेछ । त्यस्तै वैशाख २४ गतेदेखि जेठ...
थरुहट संघर्ष समितिको बन्द र आमसभाको कार्यक्रम स्थगित
कैलाली, माघ १३ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले माघ १५ गते शनिबार कैलालीको धनगढीमा गर्ने भनिएको आमसभा तथा २० र २१ गते पूर्वघोषित कैलाली कञ्चनपुरबन्दको कार्यक्रमलाई स्थगित गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको मौखिक आग्रहमा कार्यक्रम स्थगित गरिएको संघर्ष समिति कैलालीले जानकारी गराएको छ । माघ २०...
जाँचबुझ आयोगमा एक हजार १०६ उजुरी, तेस्रो साताबाट अध्ययन गर्ने
लक्की चौधरी
काठमाडौं, माघ १० गते । तराई मधेस र थरुहट लगायतका क्षेत्रमा राजनीतिक दलहरुले गरेको आन्दोलनका क्रममा भएका घटनाको अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा विभिन्न प्रकृतिका जम्मा एक हजार १०६ वटा उजुरी परेको छ ।
मंसिर १५ गतेदेखि एक महिनाको समयसीमा निर्धारण गरी उजुरी माग गरेको आयोगले पन्ध्रदिन समय थपी...
सिचाइ मन्त्रीले मधेशको कार्यक्रम कटौती गर्नुभयोः पूर्वमन्त्री यादव
काठमाडौ माघ १० गते । सिचाई मन्त्री दिपक गिरीले समृद्ध तराई मधेश सिँचाई विकास विशेष कार्यक्रमलाई ओझेलमा पारेको भन्दै पूर्व सिचाई मन्त्री उमेश यादवले आपत्ति जनाउनु भएको छ ।
माओवादी केन्द्रका नेता समेत रहनु भएका पूर्वमन्त्री यादवले सोमवार एक विज्ञप्ति जारीगरी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही...
माघ १५ भित्र सरकारले स्थानीयतह निर्वाचनको मिति घोषणा गर्छः प्रम
काठमाडौं, माघ ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघ १५ भित्र स्थानीय तहको निर्वाचनको घोषणा हुने बताउनुभएको छ । त्यसकालागि आगामी वैशाख अन्तिम साता स्थानीय तहको चुनाव हुने घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले प्रमुख तीन दलबीच भएको सहमतिअनुसार सरकार माघ १५ गते भित्र निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको...
संशोधन विधेयक परिमार्जन नभए अस्वीकार गर्छौंः फोरम नेपाल
काठमाडौ, माघ ८ गते । संघीय समाजवादी फोरम नेपालले संसद्मा प्रस्तुत संशोधन विधेयकलाई परिमार्जन नगरिए त्यसलाई यथास्थितिमा अस्वीकार गर्ने निर्णय गरेको छ । मधेशी मोर्चा–संघीय गठबन्धनले राखेको २६ बुँदे माग र मुद्दालाई विधेयकले बेवास्ता गरेको निष्कर्ष सो दलको छ ।
फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा शनिबार सम्पन्न राजनीतिक समितिको बैठकले संशोधन...
आदिबासी जनजातिहरु पहिचानका लागि सामुहिक संघर्ष गर्ने
काठमाडौं, माघ ५ गते । राजनीतिक आस्थाका आधारमा विभाजित आदिवासी जनजातिहरुले एकताको प्रयास थाल्दै पहिचानका लागि संयुक्त संघर्ष गर्ने निर्णयमा पुगेका छन् ।
विभिन्न गुट र समूहमा बाँडिदा आफ्ना समुदायको मुद्दा ‘कमजोर’ भएको निष्कर्षसहित उनीहरुले एकीकृत आन्दोलनको तयारी थालेका हुन् । बुधबार ललितपुरको कुपण्डोलमा बसेको नेपाल आदिवासी जनजाति महासंघ र...
फेसन डिजाइनर सुशीला चौधरीको थारु पोशाकको वृहत प्रदर्शन
काठमाडौं, माघ ३ गते । फेसन डिजाइनर सुशीला चौधरीले थारु माघी महोत्सवमा पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्मका थारु महिलाले प्रयोग गर्ने फेसन डिजाइन प्रदर्शन गर्नुभएको छ । उहाँलाई २२ वटा मोडलले प्रदर्शनका लागि साथ दिएका थिए ।
टुँडीखेलमा आयोजना भएको थारु राष्ट्रिय माघी महोत्सव २०७३ मा १५ मिनेट थारु संस्कृतिका पोशाक प्रदर्शन...














