अधिवेशनको भव्य तयारीमा थारु पत्रकार संघ नेपाल दाङ शाखा

अधिवेशनको भव्य तयारीमा थारु पत्रकार संघ नेपाल दाङ शाखा
लालु थारु तुलसीपुर, असोज २ गते । थारु पत्रकार संघ दाङको असोज ७ गते हुने जिल्ला अधिवेशनको भव्य तयारी भइरहेको सो संस्थाले बताएको छ । तयारीका लागि शनिबार तुलसीपुरमा संघको बैठक सम्पन्न भएको छ । संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षता एवं संघका कानूनी सल्लाहकार रामशरण चौधरीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो...

सन्जीत महतो सहयोगार्थ चित्तवनमा थारु फिल्मको च्यारिटी शो हुने

सन्जीत महतो सहयोगार्थ चित्तवनमा थारु फिल्मको च्यारिटी शो हुने
कारी महतो चित्तवन, भदौ ३१ गते । आजभन्दा नौ वर्षअघि ०६५ फागुन २२ गते थरुहट आन्दोलनकाक्रममा सुरक्षाकर्मीको गोली लागी घाइते भएका रत्ननगर नगरपालिका ७, सिसुवार, चितवनका सन्जीत महतोको सहयोगार्थ चौधरी फिल्म प्रोडक्सनमा बनेको चितवनको थारु भाषाको पहिलो फिल्म “कलपाना” को च्यारिटी शो हुनेभएको छ । सो संस्थाले पत्रकार सम्मेलन मार्फत उक्त शोको...

जितिया पर्वको अवसरमा झुम्काबजारमा थारु सांस्कृतिक कार्यक्रम

जितिया पर्वको अवसरमा झुम्काबजारमा थारु सांस्कृतिक कार्यक्रम
कुलदीप चौधरी झुम्का, भाद्र २९ गते । थारु समुदायको जितिया पर्वको अवसरमा थारु महिला उत्थान समाज सुनसरीले बुधबार झुम्काबजारमा भव्य संस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । तराईका २२ जिल्लाका थारुको बेग्लाबेग्लै पहिरन सहितको “आई कन शो” प्रदर्शन पनि गरेको थियो । सम्झना लेखिको संयोजकत्वमा भएको सो पोशाक प्रदर्शनमा फेशन शो जस्तै पालैपालो...

थारु नृत्य झम्टा प्रतियोगितामा प्याराडाइज महिला समूहले बाजी मार्यो

थारु नृत्य झम्टा प्रतियोगितामा प्याराडाइज महिला समूहले बाजी मार्यो
कारी महतो चितवन, भाद्र २८ गते । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा “प्रकृति र संस्कृतिलाई, बचाई राखौं संस्कृतिलाई” भन्ने मूल नारासहित सौराहामा आयोजित बाघ संरक्षणमूलक जितिया झम्टा गीत प्रतियोगितामा इको प्याराडाइज महिला समूह, मालपुर प्रथम भई बाजी मारेको छ । प्रथम हुने महिला समूहले नगद १० हजार रुपैयाँ जितेको छ ।...

सरकारका मन्त्रीहरु भोजभतेर गराउँदै, भोट माग्दै प्रदेश नं. २ मा

सरकारका मन्त्रीहरु भोजभतेर गराउँदै, भोट माग्दै प्रदेश नं. २ मा
दुष्यन्त चौधरी कलैया, भाद्र २६ गते । निर्वाचन आचार संहिता विपरीत सरकारका मन्त्रीहरु प्रदेश नं. २ को असोज २ गते हुने निर्वाचनका लागि भोजभतेर गर्दै जनताको घरमा मत माग्न व्यस्त रहेका छन् । गृहमन्त्री जनार्दन शर्माले नेपाल सरकारको सेवा सुविधा लिई कलैयामा भोजभतेर गर्दै भोट मागेको देखिएको छ । तेस्रो चरणको स्थानीय...

बाराको १६ वटा तहमै एमाले जित्ने पूर्व खेलकुद मन्त्री पौडेलको दावी

बाराको १६ वटा तहमै एमाले जित्ने पूर्व खेलकुद मन्त्री पौडेलको दावी
दुष्यन्त चौधरी कलैया, भाद्र २५ गते । नेकपा (एमाले) बाराले जिल्लाको १६ वटा तहमा एमाले निर्वाचित हुने दावी गरेको छ । चुनावी प्रचार अभियान अन्तर्गत आइतबार देवताल गाउँपालिकामा नेकपा एमालेले मोटरसाइकल रैली निकालि घरदैलो कार्यक्रम गरेको छ । सोही क्रममा नेताहरुले त्यस्तो दावी गरेका हुन् । देवताल गाउँ पालिकाका प्रमुखका उमेदवार विजय...

भाद्र २८ मा झुम्काबजार जितियामय हुने, थारु महिलाको भव्य तयारी

भाद्र २८ मा झुम्काबजार जितियामय हुने, थारु महिलाको भव्य तयारी
झुम्का, भाद्र २५ गते । हरेक वर्षझैं थारु समुदायले मनाउने जितिया पावनी पर्व यस वर्ष पनि सुनसरीको झुम्कामा भव्यरुपमा गर्ने तयारी थारु महिलाले गरेका छन् । सो पर्वमा थारु महिला निराहर व्रत बसी मनाउने गर्छन् । थारु महिला उत्थान समाजले झुम्काको जीतमान चोकमा २८ गते जितिया पर्वमा भव्य सांस्कृतिक कार्यक्रम गर्ने...

जितियाकै दिन २८ गते त्रिविको परीक्षा सूची, विद्यार्थीको विरोध

जितियाकै दिन २८ गते त्रिविको परीक्षा सूची, विद्यार्थीको विरोध
कारी महतो चित्तवन, भाद्र २३ गते । जितिया पर्व भदौ २८ गते पर्ने र सोही दिन त्रिभुवन विश्वविद्यालय र आङ्गिक क्याम्पसहरुमा स्नातक तह प्रथम वर्षको परीक्षा हुने भएपछि जितिया पर्व मनाउने तराईवासी महिलाले सार्वजनिक विदाको माग गरेका छन् । थारु र मधेसी समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिदै गर्दा थारु गाउँ बस्तीमा...

थारु महिला सभाले सुनसरीको दुई ठाउँमा जितिया कार्यक्रम गर्ने

थारु महिला सभाले सुनसरीको दुई ठाउँमा जितिया कार्यक्रम गर्ने
कुलदिप चौधरी सुनसरी, भदौ २२ गते । थारु महिला सभा सुनसरीले थारुको अर्को महान पर्व जितियाको अवसरमा सुनसरीको दुई ठाउँमा जितिया कार्यक्रम गर्ने बताएको छ । विहिबार पत्रकार सम्मेलन गरी सभाले सो जानकारी गरायो । इटहरी उपमहानगरपालिकाको सास्कृतिक सभा हलमा गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिदै सभाले भाद्र २७ गते इटहरीमा र...

नारायणगढ–मुग्लीन सडक भदौ २८ गतेबाट २४ घण्टै खुल्ला रहने

नारायणगढ–मुग्लीन सडक भदौ २८ गतेबाट २४ घण्टै खुल्ला रहने
चितवन, भाद्र २२ गते । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला हुने भएको छ। स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरुको विहीबार सम्पन्न बैठकले चाडपर्वका बेला सडकलाई यात्रुमैत्री बनाउन विभिन्न निर्णय गरेको छ। गत असार २५ गतेबाट सो सडक रातको समयमा बन्द...