इटहरी उपमहानगरपालिका प्रमुखमा एमालेका द्वारिकलाल चौधरी
सुनसरी, असार २३ गते । सुनसरीको प्रमुख शहर इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर दुबै पदमा एमालेका उम्मदेवार विजयी भएका छन् । मेयरमा द्वारिकलाल चौधरी निर्वाचित भए ।
मेयर पदका लागि भएको प्रतिस्पर्धामा एमालेका चौधरी २२ हजार ४ सय १२ मत ल्याएर विजयी बनेका हुन् । उपमेयरमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम...














