ब्यानर समाचार
दाङको दुवै उपमहानगरपालिकामा एमाले अग्रता, माओवादीको खाता
दाङ, असार १५ गते । दाङका दुई उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । प्रारम्भिक गणनाको परिणाम अनुसार घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रता लिएको हो ।
घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले ४२० मतका साथ अग्रता लिएका छन् । माओवादीका जीवन गौतम ३२० मतका साथ दोस्रो स्थानमा...
निर्वाचनमा मतदाताको उत्साह, सुदूरपश्चिममा निर्वाचन शान्तिपूर्ण
धनगढी, असार १४ गते । सुदूर पश्चिमको नौ जिल्लामा छिटपुट सामान्य घटना बाहेक स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान शान्तिपूर्णरुपमा भइरहेको छ । बिहान ७ बजेदेखि शुरुभएको मतदान प्रक्रिया साँझ ५ बजेपछिसम्म सुचारु रहने निर्वाचन आयोगले बताएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालकाअनुसार कैलालीसहित प्रदेश नं. ७ का...
मौन अवधिमा आचारसंहिता कार्यान्वयन भएन, उम्मेदवार घरदैलोमा
लक्की चौधरी
धनगढी, असार १३ गते । मतदान शुरुहुनु ४८ घण्टाअघि निर्वाचन आचारसंहिता बमोजिम मौन अवधि शुरुहुने भएपनि प्रमुख दलका उम्मेदवारहरु सो अवधिमा गोप्य चुनावी प्रचारमा लागेको पाइएको छ । सो अवधिमा चुनाव प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ ।
कैलालीको विभिन्न गाउँमा प्रमुख दलका उम्मेदवारहरु विहानदेखि साँझसम्म गोप्यरुपमा घरदैलो गरिरहेको पाइएको...
३८ दिनपछि प्रहरीको अपरेसन सफल, दुईजना अभियुक्त सार्वजनिक
कारी महतो
चितवन, असार १२ गते । भरतपुर महानगरपालिका वडा नं. २५ चितहीमा वैशाख ४ गते राती १२ बजे गंगासागर महतोलाई गोली हानेर हत्यागरी फरार लुटेराहरु मध्ये दुई जनालाई लुटेका धनमाल र हातहतियारसहित सोमबार ३८ औैं दिनमा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।
मजकुर मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान...
सुदूरपश्चिमको भारतसँग जोडिएको नेपाली नाका चुनावसम्म बन्द
लक्की चौधरी, गोकर्ण दयाल
धनगढी, असार १२ गते । सीमा नाकाको सुरक्षा संवेदनशीलतालाई ख्यालगर्दै भारतसँग जोडिएको कैलाली, कञ्चनपुर, वैतडी र दार्चुला जिल्लाको सीमानाका सोमबारदेखि विहिबार विहानसम्म बन्द हुनेभएका छन् ।
नेपाल र भारतको सीमा समन्वय समितिको भारतको लखिमपुरखिरी र दार्चुलामा बसेको छुट्टाछुट्टै संयुक्त बैठकले त्यस्तो निर्णय गरेको हो । कैलाली र कञ्चनपुर...
कांग्रेस राजनीतिक आवरणमा व्यापार गर्ने पार्टी होः महासचिव पोखरेल
लक्की चौधरी
धनगढी, असार ११ गते । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले आइतबार एमालेको चुनावी सभालाई सम्बोधन गर्दै पहिलो चरणको निर्वाचनबाटै एमालेमा जनलहर भएकाले दोस्रो चरणको निर्वाचनमा पनि एमालेलाई नै मतदान गर्न सर्वसाधारणमा आव्हान गर्नुभयो । दोस्रो चरणमा पनि एमाले पहिलो शक्ति बन्ने उहाँले दावी गर्नुभयो ।
नेपाली कांग्रेस व्यापार गर्ने...
दोस्रोचरणमा ४५ सिट जित्ने लोकतान्त्रिक अध्यक्ष गच्छदारको दावी
काठमाडौं, असार ११ गते । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टीले दोस्रो चरणको निर्वाचनमा ४५ स्थानीय तह जित्ने दावी गरेको छ ।
प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा १४ गते मतदान हुँदैछ । दललहरु प्रचार प्रसारमा व्यस्त छन् । नेपाल लोकतान्त्रिक पनि सोहीअनुसार चुनावी प्रचारमा...
दोस्रो चरणको निर्वाचनमा एमालेले ५६ प्रतिशत स्थानमा जित्छः नेपाल
लक्की चौधरी
धनगढी, असार ११ गते । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो चरणको निर्वाचनमा एमालेले ५६ प्रतिशत स्थानीय तहमा विजयी हासिल गर्ने दावी गर्नुभएको छ । पार्टीको आन्तरिक मूल्याङ्कनका आधारमा सो आँकडा आएको उहाँको भनाई छ ।
“दुनियाँले के भन्छ, त्योसँग हाम्रो सरोकार रहेन, हामी के गर्दैछौं...
कांग्रेस र माओवादी पार्टी विकृतिका अर्को रुप हुन्ः नेता नेपाल
लक्की चौधरी
कञ्चनपुर, असार १० गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले विकासप्रेमी पार्टी एमालेलाई मतदान गरी देशलाई समृद्ध बनाउने अभियानमा सहयोग गर्न कञ्चनपुरबासीसँग आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) प्रचार प्रसार कमिटी कञ्चनपुरको आयोजनामा शनिबार यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले त्यस्तो बताउनुभयो...














