समाचार
राम र अयोध्याबारेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति नेताहरुको टिप्पणी
हमार पहुरा डट कम
काठमाडौं, असार ३० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सक्कली अयोध्या नेपालमै रहेको र भगवान ‘राम’ पनि नेपाली रहेको अभिव्यक्ति दिनुभएपछि सामाजिक सञ्जालमा तरङ्ग आएको छ । राजनीतिक दलका नेताहरुको त्यसबारे फरक फरक टिप्पणी आइरहेका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार आदिबासी...
आदिबासी जनजाति उत्थान प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती नियुक्त
हमार पहुरा डट कम
काठमाडौं, असार ११ गते । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती नियुक्त हुनुभएको छ । सिफारिस समितिको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई विहिबार सो पदमा नियुक्त गर्नुभयो ।
प्रतिष्ठानका सहअध्यक्ष तथा संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको सिफारिस समितिको सिफारिसमा घर्ती नियुक्त हुनुभएको हो ।...
पूर्ण–कृष्णा स्मृति राष्ट्रिय पुरस्कार साहित्यकार भागिरथी श्रेष्ठलाई
हमार पहुरा डट कम
धनगढी, असार १० गते । कैलाली जनपुस्तकालय धनगढीले यसवर्षको पूर्ण कृष्णा राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार काठमाडौ निवासी साहित्यकार भागिरथी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिभा छनौट समितिको पुस्तकालयमा बसेको बैठकले उक्त निर्णय गरेको कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टिएन जोशीले बताउनुभयो ।
वरिष्ठ साहित्यकार सुश्री श्रेष्ठ प्रिया पत्थरले...
नागरिकता विधेयकलाई लिएर राष्ट्रियसभामा सांसदहरुबीच आरोप प्रत्यारोप
लक्की चौधरी
काठमाडौं, असार १० गते । राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित नागरिकतासम्बन्धी ‘अङ्गिकृत’ व्यवस्थालाई लिएर राष्ट्रिय सभा बैठकमा सांसदबीच आरोप प्रत्यारोप भएको छ । सत्तापक्ष दलआवद्ध सांसदहरुले त्यसको बचाउ गर्नुभयो भने प्रतिपक्षी दलआवद्ध सांसदले विरोध जनाउनुभयो ।
राष्ट्रियसभाको मङ्गलबार बसेको बैठकमा विशेष समयमा बोल्ने सांसदहरुबीच आरोप प्रत्यारोप भएको हो ।...
सात वर्षे व्यवस्थाले अव भारतीयले नेपालीलाई चेली दिंदैनन्ः कर्ण
हमार पहुरा डट कम
काठमाडौं, असार ८ गते । राज्य व्यवस्था तथा सुशासन समिति नागरिकता ऐन संशोधन विधेयक अघि बढाएपछि जनता समाजवादी पार्टीका नेताहरू आक्रोशित भएका छन्। सत्तापक्षले पेलेर अघि बढ्न खोजेको र कानुन परिवर्तनमा चित्तबुझ्दो कारण दिन नसकेको भन्दै उनीहरूले सदन र सडकमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
जनता समाजवादी पार्टी...
सार्वजनिक यातायात सञ्चालनमा अझैं अन्यौल, धमाधम गृहकार्य गरिदै
लक्ष्मण दर्नाल
काठमाडौँ, असार ५ गते । सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका एकसाताभित्र टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको र एकसातामा टुङ्गो लगाइने विभागले जनाएको छ । यातायात सञ्चालनका लागि तयारीका काम पनि भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी...
नेपालको राष्ट्रियतामा अभूतपूर्व नेपालीको राष्ट्रिय एकता प्रदर्शन भयो
लक्की चौधरी
काठमाडौँ, जेठ ३२ गते । नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रतिनिधि सभाबाट शनिबार सर्वसम्मत पारित भएपछि नेपालीहरूमा आफ्नो देशको एकता, राष्ट्रियता र भौगोलिक अखण्डताप्रति अभूतपूर्व माया रहेको सन्देश गएको विज्ञहरूको निष्कर्ष छ ।
प्रतिनिधि सभाबाट संशोधन विधेयक पारित भएपछि गोरखापत्रसँग सङ्क्षिप्त कुरा गर्नुहुँदै कानुनका विज्ञहरूले त्यस्तो निष्कर्ष सुनाउनुभयो । “जस्तोसुकै...
संविधानको दोस्रो संशोधन सर्वसम्मत, नेपाली भूभाग नक्सामा समेटियो
लक्की चौधरी
काठमाडौं, जेठ ३२ गते । नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रतिनिधिसभा बैठकमा उपस्थित सदस्यहरुबाट ‘सर्वसहमति’ र कुल सदस्य संख्याको दुई तिहाईभन्दा बढी मतले पारित भएको छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले शनिबार प्रतिनिधिसभा बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित गरियोस् भन्ने प्रस्तावमा मतविभाजन हुँदा...
थारु पत्रकार संघको तीन दिने भर्चुवल प्रशिक्षण, एकसय जनाको सहभागिता
हमार पहुरा डट कम
काठमाडौं, जेठ २६ गते । थारु पत्रकार संघ, नेपालले लकडाउन (बन्दाबन्दी) को समय सदुपयोग गर्दै तीन दिने भर्चुवल आधारभूत पत्रकारिता तालिम शुरु गरेको छ । आइतबारबाट शुरुभएको प्रशिक्षण मंगलबारसम्म सञ्चालन हुनेछ ।
संघको आयोजनामा भएको प्रशिक्षणमा पत्रकार डण्ड गुरुङ, लक्की चौधरी, डा. कृष्णराज सर्वहारी, ठाकुरसिंह थारु, दुर्गाप्रसाद चौधरी,...














