थरुहट पार्टीले मेरो विरुद्ध भ्रम फैलाउन खोज्योः सांसद गंगा थारु

थरुहट पार्टीले मेरो विरुद्ध भ्रम फैलाउन खोज्योः सांसद गंगा थारु
लक्की चौधरी काठमाडौं, पुस १२ गते । थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) की अध्यक्ष तथा सांसद गंगा थारु सत्गौंवाले थरुहट पार्टीले आफू र आफ्नो पार्टी विरुद्ध भ्रम सृजना गर्न खोजेको आरोप लगाउनुभएको छ । सांसद थारुले सांसद पदको मोहमा परेर आफूले पार्टी नफुटाएको दावी गर्नुभयो । पार्टी फुटाउनुको कारणसहितको दुई पृष्ठको चिठी...

महिला टेम्पोचालकको गुनासोः यात्रुहरु टाँसिएर बस्न आउँछन्

महिला टेम्पोचालकको गुनासोः यात्रुहरु टाँसिएर बस्न आउँछन्
विजेता चौधरी काठमाडौं, पुस १२ गते । रत्नपार्क–छाउनी रुटमा टेम्पु चलाउने २२ वर्षीया देवीका खड्कालाई कतिपय यात्रुदेखि दिक्क लाग्छ । जिस्किने, एकदमै टाँस्सिएर बस्ने अनि मोबाइल नम्बर माग्ने पुरुष यात्रुदेखि त उनी हैरान नै हुन्छिन् । छाउनी रुटमा टेम्पु चलाउँदै आएकी ३० वर्षीया बबिता श्रेष्ठ अगाडि सिटमा बस्ने यात्रु कस्तो पर्ला भनेर...

आफ्नै विवेकले नयाँ पार्टी खोलें, कसैको बहकाउमा हैनः गंगा थारु

आफ्नै विवेकले नयाँ पार्टी खोलें, कसैको बहकाउमा हैनः गंगा थारु
लक्की चौधरी काठमाडौं, पुस ११ गते । थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) गठन गर्नुभएकी सांसद गंगा थारु सत्गौंवाले आफ्नै विवेकले नयाँ पार्टी खोलेको बताउनुभएको छ । पार्टी फुटाउनमा कसैको उत्साहट र समर्थन नरहेको उहाँको भनाई छ । हमार पहुरा डट कमसँग सोमबार कुरागर्दै सांसद थारुले एमालेका नेताको उक्साहटमा पार्टी फुटाएको भन्ने आरोप...

देवी चौधरीको सातौं राष्ट्रिय खेलकुदमा तीनवटा राष्ट्रिय कीर्तिमान

देवी चौधरीको सातौं राष्ट्रिय खेलकुदमा तीनवटा राष्ट्रिय कीर्तिमान
काठमाडौं, पुस ११ गते । नेपाल प्रहरीकी देवी चौधरीले आफ्नै गृह जिल्लामा एकै दिन तीनवटा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। सातौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत राजविराजमा आइतबारदेखि सुरु भारोत्तोलनको महिला ५३ केजी स्पर्धामा उनले आफ्नै कीर्तिमानमा सुधार गरेकी हुन्। उनले स्न्याचतर्फ दुई पटक ५९ र ६० तथा क्लिन एण्ड जर्कतर्फ ७८ केजी तौल उठाएर...

सांसद गंगा थारुले अलग पार्टी खोलिन, थरुहट पार्टीबाट निस्काशन

सांसद गंगा थारुले अलग पार्टी खोलिन, थरुहट पार्टीबाट निस्काशन
काठमाडौं, पुस १० गते । थरुहट तराई पार्टीकी उपाध्यक्ष तथा सांसद गंगा थारुले माउ पार्टी त्यागेर अलग पार्टी खोल्नुभएको छ । उहाँले नयाँ पार्टीको नाम थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) प्रस्तावकोरुपमा संसद सचिवालयमा दर्ता गराउनुभएको छ । पार्टीमा आन्तरिकरुपमा लामो समयदेखि असन्तुष्ट रहनुभएकी उपाध्यक्ष थारुले अन्ततः अलग पार्टी खोल्ने तयारीमा पुग्नुभएको...

अहिलेसम्मको रेकर्ड तोड्दै यसवर्ष सर्वाधिक बढी धान उत्पादन भयो

अहिलेसम्मको रेकर्ड तोड्दै यसवर्ष सर्वाधिक बढी धान उत्पादन भयो
काठमाडौं, पुस १० गते । यस वर्ष सबैभन्दा बढी धान उत्पादन भएको सरकारले बताएको छ । हालसम्मका सबै रेकर्ड तोड्दै यसवर्ष करिब ५२ लाख मेट्रिक टन पाँच अर्ब २० करोड किलो धान उत्पादन भएको छ । कृषि मन्त्रालयकाअनुसार गत आर्थिक वर्ष २०६८, ६९ मा ५० लाख ७२ हजार मेट्रिक टन धान...

पुस २२ गते काठमाडौंको जनप्रदर्शनमा सहभागी हुन नौदलको आव्हान

पुस २२ गते काठमाडौंको जनप्रदर्शनमा सहभागी हुन नौदलको आव्हान
लक्की चौधरी काठमाडौं, पुस १० गते । प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) सहितका नौ दलका नेताहरुले सरकारी संशोधन प्रस्ताव मुलुकको हित प्रतिकुल रहेकाले व्यवस्थापिका संसदबाट पारित हुन नदिने बताएका छन् । सिंहदरवारस्थित एमाले संसदीयदलको कार्यालयमा आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै नेताहरुले त्यस्तो बताएका हुन् । अरुबाट निर्देशित संशोधन प्रस्तावले मुलुकलाई निकासको सट्टा द्वण्द्वमा...

प्रवक्ता थारुको स्वास्थ्यमा क्रमिक सुधार, अब बस्नसक्ने अवस्थामा

प्रवक्ता थारुको स्वास्थ्यमा क्रमिक सुधार, अब बस्नसक्ने अवस्थामा
काठमाडौं, पुस ९ गते । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारुको स्वास्थ्यअवस्थामा क्रमिक सुधार भएको छ । गत मंगलबार उहाँको ढाडको शल्यक्रिया सफल भएपछि स्वास्थ्यमा सुधार भएको हो । राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंका डा. गौरव ढकालको समूहले थारुको शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि प्रवक्ता थारुले स्वास्थ्यमा क्रमिक सुधारको...

आरोप असफल भए नेताको वस्त्रसमेत बाँकी राख्दिनः आयुक्त कार्की

आरोप असफल भए नेताको वस्त्रसमेत बाँकी राख्दिनः आयुक्त कार्की
काठमाडौं, पुस ८ गते । निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीले आफूमाथिको आरोप असफल भए भ्रष्टाचारी नेताहरुको बस्त्र समेत बाँकी नरहने चेतावनी दिएका छन् । आयुक्त कार्कीले विज्ञप्तिमार्फत भ्रष्टाचार नियन्त्रणका क्रममा आफूले सामना गर्नुपरेको बाधा र व्यवधानले आफूलाई थप दृढ बनाएको दाबी गरेका छन् । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखकारुपमा भ्रष्टाचार नियन्त्रणका...

जनजाति महासंघमा जगत बराम निर्वाचित, महासंघमा थारु शुन्य

जनजाति महासंघमा जगत बराम निर्वाचित, महासंघमा थारु शुन्य
चित्तवन, पुस ६ गते । चितवनको नारायणगढमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा जगत बराम निर्वाचित हुनु भएको छ । गयराती भएको निर्वाचनमा ३१ मत ल्याएर बराम अध्यक्षमा निर्वाचित हुनु भएको हो । अध्यक्षका प्रत्यासी सूर्य भुजेलले २३ मत प्राप्त गर्नुभयो । अध्यक्षमा विजयी बराम नेपाली काँग्रेस निकट...