प्रवासी थारु सेवा समाजले एक वर्षकालागि छात्रबृत्ति प्रदान गर्ने
काठमाडौ । प्रवासी थारु सेवा समाजले टीकापुर घटनापछि आरोपमा पक्राउ परेका २५ जनाका परिवारका एक एक जना छोराछोरीलाई एक वर्षका लागि छात्रबृत्ति प्रदान गर्ने निर्णय गरेको छ ।
समाजको मलेसियामा सोमबार नयाँ कार्य समिति गठन गर्दै समाजले सो निर्णय गरेको हो । समाजका अध्यक्ष आर.एन. चौधरीले त्यस्तो निर्णय भएको जानकारी गराउनुभयो...














