विजय गच्छदार सहभागी रहेको कार्यक्रममा हवाई फायर भएपछि
बनेपा, मङ्सिर २१ गते । काभ्रेपलाञ्चोकको खहरेपाँगु–९ फलामेसाँघुमा हिजो मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार सहभागी कार्यक्रममा हवाई फायर भएको छ ।
कार्यक्रममा दुईपक्षबीच झडप भएपछि नियन्त्रण गर्न प्रहरीले हवाईफायर गरेको हो । मदिरा सेवन गरेर आएका केही युवाले कार्यक्रम बिथोल्न खोजेपछि भएको झडपले उग्र रुप लिँदा भीडलाई नियन्त्रणमा...













