थारु गाउँमा माघीडेवानी शुरु, धमाधम भलमन्सा छाँनिदै

थारु गाउँमा माघीडेवानी शुरु, धमाधम भलमन्सा छाँनिदै
लक्की चौधरी धनगढी, माघ २ गते । धनगढी उपमहानगरपालिका –५, जाइँगाउँका थारुहरु एकाविहानै भलमन्साको घरमा जम्मा भए । भलमन्साको घरमा मानिसको भिड देखेर छरछिमेकका गैरथारु समुदायले केही घटना घट्यो कि भनेर अड्कल काटे । तर त्यहाँ कुनै नराम्रो घटना थिएन । बडघर (भलमन्सा) छान्न आइतबार विहान ८ बजे नै गाउँघरका सदस्यहरु...

खिचरा महोत्सव सुरु, थारुलाई राष्ट्रपत्ति बनाउने पाण्डेको प्रतिवद्धता

खिचरा महोत्सव सुरु, थारुलाई राष्ट्रपत्ति बनाउने पाण्डेको प्रतिवद्धता
सन्तकुमार चौधरी चितवन (खैरहनी) पुस २८ गते । पूर्वी चितवनको खैरहनी नगरपालिका अन्तर्गत गौचरनमा विहीवारदेखि चौथों खिचरा महोत्सव २०७३ सुरु भएको छ । महोत्सवको एक कार्यक्रमका बीच पूर्व अर्थमन्त्री एवम् चितवन क्षेत्र नं. १ का सांसद सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै सांसद पाण्डेले थारु समुदायको संस्कृति संरक्षणमा गम्भिर...

पत्रकार महासंघको जिल्ला शाखा अधिवेशनको मिति घोषणा

पत्रकार महासंघको जिल्ला शाखा अधिवेशनको मिति घोषणा
काठमाडौं, पुस २७ गते । नेपाल पत्रकार महासंंघले आफू मातहतका जिल्ला, प्रतिष्ठान र एशोसियटस् शाखाको अधिवेशन आगामी फागुन ३ देखि २६ गतेसम्म गर्ने निर्णय गरेको छ । महासंघको केन्द्रीय कमिटीको पुस २६ र २७ गते बसेको बैठकले सो निर्णय गरेको हो । महासंघको निर्णयअनुसार पश्चिमाञ्चलमा पर्ने जिल्लाको अधिवेशन फागुन ३ गते...

जाँचबुझ अयोगमा ५५४ उजुरी, टीकापुरबाट सबैभन्दा वढी उजुरी

जाँचबुझ अयोगमा ५५४ उजुरी, टीकापुरबाट सबैभन्दा वढी उजुरी
लक्की चौधरी काठमाडौं, पुस २७ गते । तराई मधेस र थरुहट लगायत क्षेत्रमा राजनीतिक दलहरुले गरेको आन्दोलनका क्रममा भएका घटना अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा बुधबारसम्म ५५४ वटा उजुरी परेका छन् । टीकापुरबाट सबैभन्दा बढी उजुरी परेको छ । माघ २ गते सम्म उजुरी लिने अन्तिम समय कायम गरेको आयोगले अन्तिमसम्म...

काठमाडौंमा हुने थारु राष्ट्रिय माघी महोत्सव २०७३ को तयारी पूरा

काठमाडौंमा हुने थारु राष्ट्रिय माघी महोत्सव २०७३ को तयारी पूरा
काठमाडौं, पुस २६ गते । काठमाडौंको टुँडीखेलमा पुस २९ देखि शुरु हुन गइरहेको थारु माघी महोत्सवको तयारी पूरा भएको आयोजकले बताएको छ । ‘राष्ट्रिय एकता, दिगो शान्ति र उन्नतीको उत्सव, थारु पहिचान र अधिकारको लागि माघी महोत्सव’ भन्ने मुल नारा आयोजकले तय गरेको छ । थारु राष्ट्रिय माघी महोत्सव मुल आयोजक...

रेडियो प्रशारक संघमा रेडियो सखीकी ललिता कुश्मी निर्वाचित

रेडियो प्रशारक संघमा रेडियो सखीकी ललिता कुश्मी निर्वाचित
काठमाडौं, पुस २४ गते । सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) मा सुदूरपश्चिमबाट चारजना पत्रकार निर्वाचित भएका छन् । थारु समुदायबाट कैलालीको मसुरियास्थित रेडियो सखीकी ललिता कुश्मी थारु महिलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । काठमाडौंमा शुक्रबार भएको संघको छैठौं अधिवेशनबाट प्रदेश नं. ७ को अध्यक्षमा दीर्घराज उपाध्याय, सचिवमा कर्ण चन्द र...

थारु समुदायमाथि राजनीतिक धोका भएको छः अध्यक्ष गच्छदार

थारु समुदायमाथि राजनीतिक धोका भएको छः अध्यक्ष गच्छदार
काठमाडौं, पुस २३ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सरकारले विवादित पाँचवटा जिल्ला मिलाएर संशोधन प्रस्ताव परिमार्जन गरे संशोधन विधेयक पारित गर्नमा आफ्नो पार्टीले सहयोग गर्ने बताउनुभएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै अध्यक्ष गच्छदारले आफ्नो पार्टी कुनै पनि अतिवादको पक्षमा नरहेको बताउनुभयो ।...

टुँडीखेलको एकै प्राङ्गणमा दुई थारु माघी महोत्सवको तयारी

टुँडीखेलको एकै प्राङ्गणमा दुई थारु माघी महोत्सवको तयारी
लक्की चौधरी काठमाडौं, पुस २२ गते । काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु समुदायले यसवर्ष पनि माघ १ गते काठमाडौंको टुँडीखेलमा भव्य माघी महोत्सव २०७३ आयोजना गर्ने भएका छन् । महोत्सवको उद्घाटन उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले गर्ने आयोजकले बताएको छ । यसअघि काठमाडौंमा एक ठाउँमा माघी महोत्सव मनाइदै आएको भएपनि गतसाल २०७२...

हस्ताक्षर कृते होइन, सहमतिमै दल दर्ता भएको होः सांसद थारु

हस्ताक्षर कृते होइन, सहमतिमै दल दर्ता भएको होः सांसद थारु
काठमाडौं, पुस २१ गते । थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) की अध्यक्ष तथा सांसद गंगा थारु सत्गौंवाले आफूले कसैको हस्ताक्षर कृते नगरेको दावी गर्नुभएको छ । ईश्वरी र मुन्नी चौधरी दुवैको सहमति र लामो छलफल पछि कार्यसमितिमा राखेको उहाँको भनाई छ । “मान्छेको आफ्नो स्वतन्त्रता हुन्छ, उहाँहरुको ईच्छा साँच्चीकै पार्टीमा बस्ने...

गंगा थारुले किर्ते हस्ताक्षर गरी दल दर्ता गरेको खुलासा

गंगा थारुले किर्ते हस्ताक्षर गरी दल दर्ता गरेको खुलासा
काठमाडौं, पुस २१ गते । थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) गठन गर्नुभएकी सांसद गंगा थारु सत्गौंवाले किर्ते हस्ताक्षर गरेर दल दर्ता गरेको आरोप थरुहट पार्टीले लगाएको छ । सांसद थारुले निर्वाचन आयोगमा पुस १० गते पार्टी दर्ता गर्नुभएको थियो । थरुहट तराई पार्टी नेपालका सचिव मिनराज थारुले सांसद सत्गौंवाले आफ्नो दलका...