सांसद गंगा थारुले अलग पार्टी खोलिन, थरुहट पार्टीबाट निस्काशन
काठमाडौं, पुस १० गते । थरुहट तराई पार्टीकी उपाध्यक्ष तथा सांसद गंगा थारुले माउ पार्टी त्यागेर अलग पार्टी खोल्नुभएको छ । उहाँले नयाँ पार्टीको नाम थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) प्रस्तावकोरुपमा संसद सचिवालयमा दर्ता गराउनुभएको छ ।
पार्टीमा आन्तरिकरुपमा लामो समयदेखि असन्तुष्ट रहनुभएकी उपाध्यक्ष थारुले अन्ततः अलग पार्टी खोल्ने तयारीमा पुग्नुभएको...