भाषा संरक्षणका लागि कठरिया थारु समुदायको शब्दकोष प्रकाशन
हमार पहुरा डट कम
घोडाघोडी (कैलाली), मङ्सिर १६ गते । थारु समुदायभित्र पर्ने कठरिया जातिको मातृभाषा संरक्षणका लागि शब्दकोष प्रकाशन भएको छ । मातृभाषा केन्द्र नेपालको सहयोगमा कठरिया समाज नेपालले शब्दकोष प्रकाशनमा ल्याएको हो ।
कठरिया थारु नेपाली अंग्रेजी शब्दकोषको शनिबार बिमोचन भएको छ । घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावत र एसआइएल...














