सुदूरपश्चिम निजामती सेवा ऐन २०८० संशोधन गर्न थारु समुदायको माग
हमार पहुरा डट कम
धनगढी, भदौ ६ गते। सुदूरपश्चिम प्रदेश सरकारले बनाएको सुदूरपश्चिम प्रदेश निजामती सेवा (पहिलो संशोधन) ऐन, २०८० लाई संशोधन गर्न यहाँका मूलबासी थारु र रानाथारु समुदायले संयुक्तरुपमा प्रदेश सरकारसँग माग गरेका छन्।
माग सम्बोधनका लागि गणेशबहादुर विश्वकर्माको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र प्रतिवेदन...














