बेहडाबाबा मन्दिरमा दुई करोड पच्चीस लाख थान दीप प्रज्ज्वलित गरिंदै
हमार पहुरा डट कम
धनगढी, फागुन १२ गते । कैलालीको प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा (शिवजी) को मन्दिरमा दुई करोड २५ लाख थान दीप प्रज्ज्वलित गरिने भएको छ ।
फागुन २५ गते महाशिवरात्रीको दिन सो दीप प्रज्ज्वलित गरिने बेहडाबाबा फाउण्डेशनले जनाएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी संस्थाले सो जानकारी दिएको हो...














