टीकापुर घटनाबारेको कुनै प्रतिवेदनले थारुले सुरक्षाकर्मीको हत्या गरेको भन्दैन
कारी महतो
चितवन, वैशाख ८ गते । टीकापुर घटनाबारे नेपाल सरकारसँग ९ वटा प्रतिवेदनहरु प्राप्त भएको तर तीमध्ये कुनै पनि प्रतिवेदनमा रेशम चौधरीलगायत कैलालीका थारुहरुले सुरक्षाकर्मीसहितको नाबालकको हत्या गरेको कुरा उल्लेख नभएको पूर्व सभासद रुक्मिणी चौधरीले बताइन् ।
भरतपुरको नेपाल बार एशोसिएशन सभाहलमा शनिबार भएको थारु कल्याणकारिणी सभा चितवनको शुभकामना आदान–प्रदान तथा...














