थारू भाषालाई सरकारी कामकाजी भाषामा ल्याउन सामुहिक पहल गर्नुपर्छ
घोराही (दाङ), चैत ११ गते । घोराहीका थारु अगुवाहरुले थारु भाषालाई सरकारी कामकाजी भाषामा ल्याउन सामुहिक पहल गर्नुपर्ने बताएका छन् । त्यसमा सेवाग्रही नै सक्रिय हुनुपर्ने तर्क गरिएको छ ।
थारु ख्याल बगालको आयोजनामा यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सांसद शान्ता चौधरीले थारू भाषालाई घोराही उपमहानगरपालिकाले सरकारी कामकाजी भाषाको मान्यता दिसकेको...













