तेस्रो चरणको निर्वाचनअघि संविधान संशोधन सम्भव छैनः गच्छदार
विराटनगर, साउन ६ गते । उपप्रधानमन्त्री एवंम संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले तेस्रोे चरणको चुनाव अघि संविधान संसशोधन सम्भव नभएको बताउनुभएको छ ।
तेस्रो चरणको चुनावमा राष्ट्रिय जनता पार्टी (राजपा) सहभागी हुने वातावरण सरकारले बनाइरहेको भन्दै उहाँले राजपाले राखेको संविधान संशोधनको अडान भने चुनावअघि असम्भव भएको तर्क गर्नुभयो...














