थारु अगुवाहरु भन्छन्, थारु समुदायमा राजनीतिक चेतनाको अझै अभाव छ
भगतराम थारु
नेपालगन्ज, वैशाख ५ गते । थारु समुदायमा राजनीतिक चेतनाको अभाव भएकाले राज्यको संयन्त्रमा थारु समुदायको प्रभावकारी भूमिका हुन नसकेको बुझाई थारु अगुवाहरुको छ ।
थारु गोचाली समाज नेपालको ४७ औं स्थापना दिवसको अवसरमा आयोजित थारु भाषा संस्कृति संरक्षण र प्रवद्र्धनकालागि थारु नेतृत्व विकास कार्यक्रममा सहभागि थारु अगुवाहरुले त्यस्तो बताएका हुन्...














