थारुको माग नयाँ संविधानले सुनिश्चित गरेको छः प्रधानमन्त्री देउवा

थारुको माग नयाँ संविधानले सुनिश्चित गरेको छः प्रधानमन्त्री देउवा
लक्की चौधरी काठमाडौं, माघ १ गते । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ संविधानले सबै जातजाति र समुदायको अधिकार सुनिश्चित् गरेकाले विकास निर्माणमा सघाउन थारु समुदायलाई आव्हान गर्नुभएको छ । माघी महोत्सव २०७४ को सोमबार टुँडीखेलमा यहाँ उदघाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले त्यस्तो आव्हान गर्नुभयो । संविधान कार्यान्वयन भएमा सबैको अधिकार...

माघी पर्वले थारु गाउँवस्ती उल्लासमय, भोलि १ गते ‘माघ लहान’

माघी पर्वले थारु गाउँवस्ती उल्लासमय, भोलि १ गते ‘माघ लहान’
लक्की चौधरी काठमाडौं, पुस ३० गते । नयाँ वर्ष माघी पर्वले थारु समुदायमा उल्लास छाएको छ । माघी पर्वलाई भव्य स्वागतकालागि थारु गाउँवस्ती तम्तयार भएको छ । माघीका स्वागतार्थ उपत्यकासहित हरेकजसो थारु गाउँमा माघी कार्यक्रमको तयारी गरिएको छ । पुसको अन्तिम दिन ३० गते हरेक थारु गाउँमा घरका सदस्यकालागि सुंगुर–बंगुर काट्ने प्रचलन...

माघीको अवसरमा थारु पत्रकार संघ बाराको कार्यक्रम

माघीको अवसरमा थारु पत्रकार संघ बाराको कार्यक्रम
दुष्यन्त चौधरी कलैया, पुस २९ गते । बाराका थारुहरुले आफ्नो पहिचान संस्कृति, धर्म, कला, रीतिरिवाज, रहनसहन लाई संरक्षण गर्दै माघीको अवसरमा शनिबार शुभकामना कार्यक्रम सम्पन्न गरेका छन् । थारू पत्रकार संघ नेपाल जिल्ला कार्य समिति बाराको आयोजनामा भएको कार्यक्रममा विभन्नि संघ संस्थाका अगुवाहरुको सहभागिता  थियो । त्यस्तै, कार्यक्रममा चन्दननाथ गणका गणपति सन्तोष कार्कि,...

नयाँ संविधानमा थारु पहिचानको खोजी, समानुपातिक प्रणालीमा जोड

नयाँ संविधानमा थारु पहिचानको खोजी, समानुपातिक प्रणालीमा जोड
काठमाडौं, पुस २९ गते । नयाँ संविधानमा थारुको पहिचान खोज्न भन्दै थारु अगुवाहरुबीच शनिबार छलफल कार्यक्रम भएको छ । समावेशीताका हिसावले तुलनात्मकरुपमा प्रगतिशील संविधान भएपनि थारुको पहिचानलाई अझै समेट्न नसकेको तर्क थारु अगुवाहरुले गर्नुभयो । संयुक्त थारु राष्ट्रिय मोर्चा र प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानको संयक्त आयोजनामा गरिएको संविधानमा थारु पहिचान विषयक...

बर्दियाको थारुबस्ती मिर्चैयागाउँमा माघी लागेन, गाउँ नै भयो सुनसान

बर्दियाको थारुबस्ती मिर्चैयागाउँमा माघी लागेन, गाउँ नै भयो सुनसान
भगतराम थारु बर्दिया पुष २९ गते । थारु समुदायको महान पर्व नजिकिदै गर्दा थारुबस्तीमा चहलपहल बढेपनि वर्दियाकै मिर्चैया थारु गाउँ भने अझै सुनसान छ । थारु समुदायको महान पर्व अर्थात नयाँ बर्षको रुपमा मनाउने पर्वलाई सभ्य भव्य बनाउन थारु समुदाय चहलपहलका साथै रौनकता उत्तिकै बढेको भएपनि बर्दिया ठाकुरबाबा नगरपालिका ३ मिर्चैयामा यस...

थारु गाउँघरमा माघी पर्वको चहलपहल, भव्य स्वागतको तयारी

थारु गाउँघरमा माघी पर्वको चहलपहल, भव्य स्वागतको तयारी
भगतराम थारु नेपालगन्ज, पुस २९ गते । थारु समुदायको माघी पर्व आउन दुई दिन बाँकी रहँदा थारु बस्तीमा माघीको चहलपहल बढेको छ । माघी पर्वलाई भव्यरुपमा मनाउने थारु समुदायका मानिसहरु अहिले माघीको तयारीमा जुटेका छन् । माघी पर्व नै थारु समुदायको मुख्य पर्व भएको हुनाले यसलाई तामझामकासाथ मनाउने गरेको बर्दिया ठाकुरबाबा नगरपालिका...

सुनसरीको झुम्कामा ३० गतेदेखि माघी महोत्सव, तयारी करिब पूरा

सुनसरीको झुम्कामा ३० गतेदेखि माघी महोत्सव, तयारी करिब पूरा
सुनिल चौधरी झुम्का, पुस २८ गते । थारु महिला उत्थान समाज रामधुनीले थारुको मौलिक खानाको परिकार प्रवद्र्धन तथा थारुभाषा संस्कृतिको पहिचानकालागि दोस्रो तिला संक्राईत एवं माघी महोत्सव २०७४ को तयारी पूरा गरेको छ । थारु मुक्ति, स्वतन्त्रताकोरुपमा चिनिने माघे संक्रान्तिको अवसरमा मौलिक खानाको परिकारको प्रवद्र्धन गर्दै पुस ३० गतेदेखि माघ ६ गतेसम्म...

थारु एकताको सन्देश दिंदै टुँडीखेलको थारु माघी महोत्सव २०७४

थारु एकताको सन्देश दिंदै टुँडीखेलको थारु माघी महोत्सव २०७४
लक्की चौधरी काठमाडौं, पुस २८ गते । यसअघि दुई वर्ष अलग अलग माघी महोत्सव मनाएका उपत्यकाबासीले यस वर्षको महोत्सव एकै ठाउँमा गरेर थारु एकताको सन्देश दिने तयारीमा छन् । विपरित ध्रुवमा मुख फर्काएका दुई कम्युनिष्ट दल पार्टी एकताकालागि तयार हुन्छन् भने हामी थारुले एकताको सन्देश किन नदिने ? थारु अगुवाहरुले तर्क गरेका...

एमाले–माओवादी एकतामा नेतृत्व तयार भएपछि सम्भवः गौतम

एमाले–माओवादी एकतामा नेतृत्व तयार भएपछि सम्भवः गौतम
लक्की चौधरी काठमाडौं, पुस २७ गते । नेकपा (एमाले) का कार्यबाहक अध्यक्ष वामदेव गौतमले नेपाली कम्युनिष्ट दलहरुबीचको एकताकालागि लामो समयदेखि वार्ताप्रक्रिया थालिए पनि नेतृत्वकर्ता तयार नभएकाले एकता हुन नसकेको बताउनुभएको छ । अध्यक्ष ओली स्वास्थ्यपरीक्षणकालागि बैंकक जानुभएपछि पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी पाउनुभएका गौतमले विहिबार यहाँ केही पत्रकारसँग संक्षिप्त कुरा गर्नुहुँदै त्यस्तो बताउनुभयो...

कपिलवस्तुको भगवानपुरमा प्रथम माघी मिलन कार्यक्रमको तयारी

कपिलवस्तुको भगवानपुरमा प्रथम माघी मिलन कार्यक्रमको तयारी
रामअवतार चौधरी कपिलवस्तु, पुस २७ गते । हमार संस्कृति हम्मनके शान पहिचान बचएना हम्मनके अभियान भन्ने मूल नाराकासाथ प्रथम माघी मिलन महोत्सव २०७४ कपिलवस्तुमा हुन गइरहेको छ । पुस २९ र ३० गते भगवानपुरमा हुने माघी मिलन कार्यक्रममा थारु कला संस्कृतिको वेजोड प्रस्तुति रहने आयोजकले बताएको छ। माघी मिलन कार्यक्रममार्फत जिल्लाको पश्चिमी...