प्रदेश ५ को सम्भावित मुख्यमन्त्री शंकर पोखरेलबारे संक्षिप्त जानकारी
नेपालको बामपन्थी आन्दोलनमा शंकर पोखरेल स्थापित नाम हो । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गर्नुभएका पोखरेलको बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छ ।
भारतमा अध्ययनरत छँदा उहाँले प्रवासी नेपाली विद्यार्थीहरुको नेताकोरुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक...














