नेपालको राष्ट्रियतामा अभूतपूर्व नेपालीको राष्ट्रिय एकता प्रदर्शन भयो
लक्की चौधरी
काठमाडौँ, जेठ ३२ गते । नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रतिनिधि सभाबाट शनिबार सर्वसम्मत पारित भएपछि नेपालीहरूमा आफ्नो देशको एकता, राष्ट्रियता र भौगोलिक अखण्डताप्रति अभूतपूर्व माया रहेको सन्देश गएको विज्ञहरूको निष्कर्ष छ ।
प्रतिनिधि सभाबाट संशोधन विधेयक पारित भएपछि गोरखापत्रसँग सङ्क्षिप्त कुरा गर्नुहुँदै कानुनका विज्ञहरूले त्यस्तो निष्कर्ष सुनाउनुभयो । “जस्तोसुकै...














