आदिबासी जनजातिहरुको माग सम्बोधन नगरी नेपाल समृद्ध बन्न सक्दैन
जनकपुर, माघ २१ गते । प्रदेश २ का आदिवासी जनजातिहरूले दिगो विकासका लागि जनजातिका सवालहरू सम्बोधन नगरी नेपालमा सम्बृद्धि सम्भव नभएको बताएका छन् ।
जनकपुरधाममा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), मधेस–मिथिला प्रदेश समन्वय परिषद् र नेपालका आदिवासीहरूको मानव अधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप)द्वारा शनिबार आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूले सो कुरा बताएका हुन्...














