समाचार
थारु पत्रकारले मागे नेपाल पत्रकार महासंघको पदाधिकारीमा थारु कोटा
हमार पहुरा डट कम
काठमाडौं, कात्तिक ३० गते । थारु पत्रकार संघ नेपालले नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको विधानमा थारु पत्रकारका लागि पदाधिकारीमा कोटा निर्धारण गर्न माग गरेको छ ।
संघको शनिबार यहाँ बसेको दोस्रो केन्द्रीय कार्यसमितिको बैठकबाट सो माग गरेको हो । वैठकले पाँचबुदे घोषणापत्र जारी गर्दै भनेको छ,...
निःशुल्क स्वास्थ्य शिविरबाट ३५० बढी सर्वसाधारण लाभान्वित
सुनिल चौधरी
सुनसरी (झुम्का), कात्तिक २९ गते । रबिन मेडिकल हल र थारु महिला उत्थान समाज झुम्काले संयुक्तरुपमा गरेको निःशुल्क स्वास्थ्य उपचार क्लिनिक शिविरबाट यहाँका ३५० बढी सर्वसाधारणले चेकजाँच गराएर लाभान्वित भएका छन् ।
बिराटनगरको नोबेल अस्पतालका बिशेषज्ञद्वारा शिबिरमा बिरामिलाई निशुल्क चेकजाँच गरेका थिए । स्वस्थ्य शिबिरमा टाउको तथा नसा, हार्डजोर्नि, नाक,...
नेपाली भूमि अतिक्रमण गरेको भन्दै नेपालमा भारतविरुद्ध देशव्यापी प्रदर्शन
काठमाडौं, कात्तिक २० गते । नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नयाँ नक्साको विरोधमा विभिन्न पक्षले देशभर प्रदर्शन गरेका छन् । काठमाडौंमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले विरोध र्याली प्रदर्शन गरेको छ । अनेरास्ववियूले आज भारतले जारी गरेको नक्साको विरोध गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।
लामो समयदेखि नेपाली...
नेकपाले गर्यो प्रदेश प्रमुखको नाम सिफारिस, मन्त्रिपरिषदद्वारा पनि सिफारिस
काठमाडौं, कात्तिक १८ गते । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार बालुवाटारमा बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।
नेकपाका महासचिव विष्णु पौडेलका अनुसार नेकपाले सिफारिस गरेको नाममा अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव,...
आज भाइटीका, दिदीवहिनीले दाजुभाइलाई पञ्चरङ्गी टीका लगाउँदै
लक्की चौधरी
काठमाडौं, कात्तिक १२ गते । यम पञ्चकको अन्तिम दिन आज दिदी वहिनीले दाजुभाइलाई भाइटीका लगाएर मनाउँदैछन् । आजकै दिन नेवार समुदायले महपूजा पनि गरिरहेका छन् । नेवार समुदायले भाइटीकालाई किजा पूजाकोरुपमा मनाउँछन् । त्यसैले कात्तिक १३ गते पनि सरकारले सार्वजनिक विदा दिएको छ ।
थारु समुदायले भाइटीका लगाउने खासै प्रचलन...
एकसय एघार जग्गाधनीलाई लालपूर्जा, ७७ ज्येष्ठनागरिकलाई न्यानो कपडा
हमार पहुरा डट कम
काठमाडौं, कात्तिक ४ गते । चन्द्रागिरी नगरपालिका वडा नं. १२ वडा कार्यालयले एकसय एघार जना जग्गाधनीलाई लालपूर्जा तथा ७७ जना स्थानीय ज्येष्ठ नागरिकलाई न्यानो कपडा (ज्याकेट) वितरण गरेको छ ।
गर्जुधाराको बलम्बुस्थित नेवार गाउँमा शुक्रबार आयोजित कार्यक्रममा काठमाडौं नापी शाखाका प्रमुख सुरेश जोशी तथा चन्द्रागिरी नगरपालिकाका प्रमुख (मेयर)...
हामीले चीन-नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौंः सी
काठमाडौं, असोज २६ गते । चिनियाँ राष्ट्रपति सीले नेपाल र चीन सीमापार रेलमार्ग सम्भाव्यता अध्ययन गरेर त्यसलाई पूर्णता दिने विश्वास दिलाउनुभएको छ । नेपाल र चीन स्थलमार्गले जोडिएका छिमेकी मुलुक भएकाले कनेक्टिभिटी आवश्यक रहेको उहाँले बताउनुभयो ।
हेर्नुहोस् सम्बोधनको पूर्ण पाठ
सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी ज्यू,
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,
महिला तथा सज्जनवृन्द...
नेपाली भ्रमण वर्ष २०२० लाई सफल पार्न चीन सरकारको सहयोगको अपेक्षा
काठमाडौं, असोज २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० सफल पार्न चिनियाँ सरकारको सहयोगको अपेक्षा गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित राजकीय भोजमा उहाँले रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा रेल सेवा उपभोग गर्ने नेपालीको चाहना छिट्टै पूरा हुने...
राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण आजबाट, भ्रमणका चार आयाम
गोपाल खनाल
चिनियाँ राष्ट्रपति सी चिनफिङ आज अपराह्न दुईदिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । राष्ट्रपति सीले नेपाल भ्रमणबारे गोरखापत्र र द राइजिङ नेपालमा विशेष आलेखमार्फत नेपाल–चीन सम्बन्धको महŒवबारे सात बुँदा शुक्रबार सार्वजनिक गर्नुभएको छ ।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीको भ्रमण ऐतिहासिक र सफल हुने भन्दै त्यसका लागि सबै तयारी...














