सुनसरीमा सामुहिकरुपमा मनाइयो थारु महिलाको साझा पर्व जितिया

सुनसरीमा सामुहिकरुपमा मनाइयो थारु महिलाको साझा पर्व जितिया
सुनिल चौधरी इनरुवा, भदौ २९ गते । तराईका महिलाको महान पर्व “जितिया” को अवसरमा शनिवार सामुहिक जितिया कार्यक्रम गरिएको छ । इनरुवा ६ मधेशास्थित गाउँमा पहिचान र सहकार्य तथा एकताको सन्देश दिदै सामुहिक रुपमा जितिया मनाइएको हो । आउँदो असोज ५ गते आईतवारका दिन जितिया पर्वको अवसरमा थारु, दलित, अल्पसंख्यक महिलाले सामुहिक...

असोज ३ गतेलाई आठ घटक संघ संस्थाले कालो दिनको रुपमा मनाउने

असोज ३ गतेलाई आठ घटक संघ संस्थाले कालो दिनको रुपमा मनाउने
काठमाडौं, भदौ २५ गते । संविधान जारी गरेको दिन असोज ३ गतेलाई सरकारले दिपावलीकोरुपमा मनाउने तयारी गरिरहेका बेला आन्दोलनरत विभिन्न आठ सामाजिक संस्था आवद्ध घटकहरुले भने कालो दिनको रुपमा मनाउने घोषणा गरेका छन् । नेपालको संविधान २०७२ आदिबासी जनजाति, थारु, दलित, मुस्लिम, मधेसी, महिला तथा उत्पीडित वर्गको माग सम्बोधन नगरेको भन्दै...

थारु पत्रकार संघमा दहित सर्वसम्मत, चितवन घोषणापत्र जारी

थारु पत्रकार संघमा दहित सर्वसम्मत, चितवन घोषणापत्र जारी
काठमाडौं, भदौ २३ गते । थारु पत्रकार संघ नेपालको चौथो महाधिवेशनले पत्रकार सन्तोष दहितको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ । चितवनको सौराहामा शनिबार सम्पन्न महाधिवेशनले पन्ध्र सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा उन्नति चौधरी (कैलाली), महासचिवमा सन्तकुमार चौधरी (चितवन), सचिवमा कमल चौधरी (रुपन्देही), कोषाध्यक्षमा दुष्यन्त...

थरुहट थारुवान राष्ट्रिय मोर्चाले भन्यो, ‘सरकारलाई असफल बनाउँछौं’

थरुहट थारुवान राष्ट्रिय मोर्चाले भन्यो, ‘सरकारलाई असफल बनाउँछौं’
काठमाडौं, भदौ ९ गते । भदौ ७ गतेदेखि शुरु भएको थरुहट थारुवान राष्ट्रिय मोर्चाको तीन दिने कार्यक्रम सोमबार ९ गते टीकापुरको कैलालीमा सम्पन्न भएको छ । तीन चरणको दवाव मूलक कार्यक्रम सार्वजनिक गर्दै मोर्चाले १५ बुँदे घोषणापत्र जारी गरेको छ । घोषणामा थरुहट प्रदेशको रातो फेटा (पट्टी) बाँधेर थरुहट तराईका सबै...

भदौं ७ गतेलाई थारु समुदायले विद्रोह दिवशको रुपमा मनाउने

भदौं ७ गतेलाई थारु समुदायले विद्रोह दिवशको रुपमा मनाउने
काठमाडौं, साउन ३२ गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस) ले टीकापुर घटना भएको दिन भदौ ७ गतेलाई विद्रोह दिवशकोरुपमा मनाउन सर्कुलर (परिपत्र) गरेको छ । अधिकारको माग गर्दै आन्दोलन गरिरहँदा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा घटना हुन गई एक प्रहरी निरिक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र...

नेकपाले तोक्यो विभाग प्रमुख र प्रदेश सहइन्चार्ज, दुई थारु सहइन्चार्ज

नेकपाले तोक्यो विभाग प्रमुख र प्रदेश सहइन्चार्ज, दुई थारु सहइन्चार्ज
काठमाडौं, साउन ३१ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको विभागका प्रमुख, उपप्रमुख एवं सात वटै प्रदेशका सहइन्चार्जको जिम्मेवारी तोकेको छ । सोमध्ये दुईजना थारु प्रदेश सहइन्चार्जको जिम्मेवारी पाउनुभएको छ । नेकपा सचिवालयको शुक्रबार बसेको बैठकले सो निर्णय गर्दै प्रदेश ५ को सहइन्चार्जमा वैजनाथ चौधरी र प्रदेश २ को सहइन्चार्जमा...

समावेशी सहभागिता सरकारको मूलधार होः उर्जामन्त्री पुन

समावेशी सहभागिता सरकारको मूलधार होः उर्जामन्त्री पुन
काठमाडौं, साउन २७ गते । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले वर्तमान सरकारको मूलधार नै समावेशीता र सहभागितामूलक शासन प्रणाली भएकाले आदिबासी जनजातिहरु आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सोमबार यहाँ मन्त्री पुनले त्यस्तो बताउनुभयो ।...

सुदूरपश्चिम सरकारले दियो थारुको पर्व माघ र अट्वारीमा सार्वजनिक विदा

सुदूरपश्चिम सरकारले दियो थारुको पर्व माघ र अट्वारीमा सार्वजनिक विदा
धनगढी, साउन २३ गते । थारु समुदायको बाहुल्यता रहेको सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको प्रमुख पर्व माघ र अट्वारीमा एकदिने सार्वजनिक विदा दिने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषदको साउन ८ गते बसेको बैठकले सो निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार साउन ३०...

थारु समुदायको पहिलो पर्वको रुपमा किन मनाइन्छ गुर्या ?

थारु समुदायको पहिलो पर्वको रुपमा किन मनाइन्छ गुर्या ?
लक्की चौधरी काठमाडौं, साउन १९ गते । थारु समुदायले वर्षभरि मनाउने चाडको शुरुवातको रुपमा लिइने गुरही (गुर्या) पर्व देशभर मनाउने तयारी गरिएको छ । नागपञ्चमीकै दिन यो पर्व मनाइने हुनाले सोमबार गुरहीलाई थारु समुदायले धुमधामकासाथ मनाउँदै छन् । थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ...

कैलालीको टीकापुरमा तीन दिने थरुहट सम्मेलनको तयारी

कैलालीको टीकापुरमा तीन दिने थरुहट सम्मेलनको तयारी
काठमाडौं, साउन १३ गते । कैलालीको टीकापुरमा आपसी सदभाव कायम गर्ने भन्दै थारु समुदायले तीन दिने थरुहट थारुवान राष्ट्रिय सम्मेलन २०७६ आयोजना गर्ने तयारी गरेका छन् । नयाँ संविधानले केही माग सम्बोधन गरे पनि अझै थारुसहित अन्य उत्पीडित समुदायको माग सम्बोधन गर्न बाँकी रहेको र थारुको थप अधिकार सम्बोधन गराउनेगरी थारु...