समावेशी सहभागिता सरकारको मूलधार होः उर्जामन्त्री पुन
काठमाडौं, साउन २७ गते । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले वर्तमान सरकारको मूलधार नै समावेशीता र सहभागितामूलक शासन प्रणाली भएकाले आदिबासी जनजातिहरु आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सोमबार यहाँ मन्त्री पुनले त्यस्तो बताउनुभयो ।...














