थारु गाउँमा दशैंको रमझम शुरु, थारु गाउँघरमा सखियाको भव्य रौनक
ठाकुरसिंह थारु
(बर्दिया) — ढिक्रीका लागि चामलको पिठो तयार छ । सुकेको माछा ९सिद्रा० डलियामा छँदैछन् । कुलदेउतालाई चढाउन र नाचगान गर्दा माला लगाउन देउना बेबुरी घरको आँगनमा मगमगाइरहेको छ । मासुको परिकारका लागि (जिता) खानेहरू नाम लेखाइसके । कुल देउतालाई चढाउने (छाकी) रक्सी गोलरा (माटोको भाँडो) मा छ । युवायुवतीले परम्परागत पोसाक र...














