थारु समुदायको पहिलो पर्वको रुपमा किन मनाइन्छ गुर्या ?
लक्की चौधरी
काठमाडौं, साउन १९ गते । थारु समुदायले वर्षभरि मनाउने चाडको शुरुवातको रुपमा लिइने गुरही (गुर्या) पर्व देशभर मनाउने तयारी गरिएको छ । नागपञ्चमीकै दिन यो पर्व मनाइने हुनाले सोमबार गुरहीलाई थारु समुदायले धुमधामकासाथ मनाउँदै छन् ।
थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ...














