६० नम्बर थपेर कोइरालालाई स्नातकोत्तर उत्तीर्ण गराउने त्रिवि विवादमा

६० नम्बर थपेर कोइरालालाई स्नातकोत्तर उत्तीर्ण गराउने त्रिवि विवादमा
काठमाडौं, असार १७ गते । त्रिभुवन विश्वविद्यालयले एउटै विद्यार्थीलाई अंक थपेर तीन विषयमा स्नातकोत्तरको उपाधी दिएको स्वीकार गरेको छ । तर यो संस्थागत नभइ मानवीय त्रुटि भएको त्रिवि पदाधिकारीहरुको भनाई छ । ९ अंक ल्याएका सुरेन्द्र कोइरालालाई ६० नम्बर थपेर ६९ नम्बरले उत्तीर्ण गराएको भेटिउको छ । तीन विषयमा स्नातकोत्तरको डिग्री...

एस्इइमा करिश्मालाई बी प्लस, शान्ता चौधरीलाई बी ग्रेड

एस्इइमा करिश्मालाई बी प्लस, शान्ता चौधरीलाई बी ग्रेड
काठमाडौं, असार १२ गते । नायिका करिश्मा मानन्धरले बी प्लस ल्याएर एसइइ परीक्षा उत्तीर्ण गर्नुभएको छ भने सांसद शान्ता चौधरीले बी ग्रेडमा उत्तीर्ण गर्नुभएको छ । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार करिष्माले जीपिए ३ र शान्ताले २.६५ जीपीए ल्याउनुभएको हो। यसै वर्ष परीक्षा दिएकी शान्ता चौधरीकी छोरी विनु चौधरीले भने बी प्लस...

थाकसको राष्ट्रिय भेला सर्यो, असार २१ गते चितवनमा हुने

थाकसको राष्ट्रिय भेला सर्यो, असार २१ गते चितवनमा हुने
काठमाडौं, असार ६ गते । थारु कल्याणकारिणीसभा (थाकस) तथा थरुहट थारुवान संयुक्त संघर्ष समितिको असार ७ र ८ गते तय भएको संयुक्त राष्ट्रिय भेला असार २१ र २२ गतेकालागि सरेको सभाले जानकारी गराएको छ । राजनीतिक उतारचढाव तथा अन्य कारणले भेला सार्ने निर्णय भएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो । भेलामा...

काठमाडौंमा हुई हप्ते थारु लोक चित्रकला प्रदर्शनीको तयारी

काठमाडौंमा हुई हप्ते थारु लोक चित्रकला प्रदर्शनीको तयारी
काठमाडौं, असार ५ गते । थारु लोक चित्रकलाको प्रवद्र्धन तथा व्यवसायिकीकरणका लागि काठमाडौंमा दुई हप्ते थारु लोक संस्कृति चित्रकला प्रदर्शनी हुनेभएको छ । असार २८ देखि साउन १० गतेसम्म हुने चित्रकला प्रदर्शनीले थारु चित्रकलाको प्रवद्र्धन तथा व्यवसायिकीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ । अरुपण आर्ट ग्यालेरी लाजिम्पाट र दाङ हस्तकला संघको...

हावाहुरीले क्षति पुगेको नागरिकलाई राहत वितरण गर्न सांसदको माग

हावाहुरीले क्षति पुगेको नागरिकलाई राहत वितरण गर्न सांसदको माग
काठमाडौं, जेठ ३० गते । प्रतिनिधि सभाका सांसद नारदमुनी राना थारुले कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण भएको क्षति र उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको विहिबार बैठकमा बोल्दै सांसद रानाथारुले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुएको हो । हजारौं जनताको घरको छानो उडाएर आँधीले ठूलो क्षति गरेको, कैयौंको कृषि...

लोकसेवा आयोगको विज्ञापन तत्काल रद्द गर्न संसदीय समितिको निर्देशन

लोकसेवा आयोगको विज्ञापन तत्काल रद्द गर्न संसदीय समितिको निर्देशन
काठमाडौं, जेठ २७ गते । स्थानीय तहको विभिन्न पदमा कर्मचारी पदपूर्ति गर्नेगरी लोक सेवा आयोगले जेठ १५ मा माग गरेको विज्ञापन संविधानको भावना एवं समावेशी सिद्धान्त विपरित रहेको ठहर गर्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले रद्द गर्न निर्देश गरेको छ । सिंहदरवारस्थित समितिको कार्यकक्षमा सोमबार विहान संघीय मामिला तथा सामान्य...

मेयर द्वारिकलाल चौधरीद्वारा आत्मालोचना, अभिव्यक्ति फिर्ता

मेयर द्वारिकलाल चौधरीद्वारा आत्मालोचना, अभिव्यक्ति फिर्ता
काठमाडौं, जेठ २७ गते । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले मिडियाप्रति आक्रोशित रुपमा दिएको अभिव्यक्तिप्रति आत्मलोचना गर्नुभएको छ । भ्रष्टाचार विरुद्धको अभियानमा रहेका चौधरीले पत्रकारको विषयमा दिएको आफ्नै अभिव्यक्तिप्रति दुःख व्यक्त गर्नुभएको हो । पत्रकारले आफूलाई बारम्बार लेखेट्न थालेपछि आवेगमा आएर आफूले त्यस्तो अभिव्यक्ति दिन बाध्य भएको चौधरीले प्रष्ट पार्नुभएको छ...

थाकसको अनुशासन तथा जाँचबुझ समितिमा मानबहादुर चौधरी

थाकसको अनुशासन तथा जाँचबुझ समितिमा मानबहादुर चौधरी
काठमाडौं, जेठ २३ गते । थारु कल्याणकारिणीसभा केन्द्रीय कमिटीले संगठनको कामकाजलाई अनुशासित र चुस्त बनाउन तीन सदस्यीय अनुशासन तथा जाँचबुझ समिति गठन गरेको छ । थाकसको हालै बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । समितिको संयोजकमा मानबहादुर चौधरी रहनुभएको छ । त्यस्तै सदस्यमा नेमनारायण सिंह (बाँके) र अधिवक्ता रामराज चौधरी...

थरुहट थारुवान संयुक्त संघर्ष समितिको राष्ट्रिय भेला चितवनमा

थरुहट थारुवान संयुक्त संघर्ष समितिको राष्ट्रिय भेला चितवनमा
काठमाडौं, जेठ २० गते । थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय अध्यक्षको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिको राष्ट्रिय भेला असार ७ र ८ गते चित्तवनमा हुने तयारी गरिएको छ । थारुको राजनीतिक बाटो तथा अन्य समसामयिक विषयमा केन्द्रीत भएर भेलामा छलफल हुने बताइएको छ । थरुहट थारुवानका विषयमा राजनीतिक डिस्कोर्स...

थारु समुदाय सल्बलाउँदै, टीकापुरमा भदौ ७ गते सम्मेलन गर्ने

थारु समुदाय सल्बलाउँदै, टीकापुरमा भदौ ७ गते सम्मेलन गर्ने
काठमाडौं, जेठ १९ गते । थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टीकापुरमा आगामी भदौ ७ गते बृहत थारु सम्मेलन गर्ने घोषणा गरेको छ । समितिले आइतबार राजधानीमा पत्रकार सम्मेलन मार्फत सो घोषणा गरेको हो । समितिले टीकापुर घट्नाबारे सत्य, तथ्य छानबिन गर्न तात्कालिन नेपाल सरकारले पूर्व न्यायाधीश...