समाचार
थरुहट संयुक्त संघर्ष समितिले मेची–महाकाली अभियान चलाउँदै
काठमाडौं, चैत २० गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले भोलि चैत २१ देखि २९ सम्म मेची–महाकाली जनजागरण अभियान सञ्चालन गर्ने भएको छ । थारु समुदायको एकता कायम गर्ने उद्देश्यसाथ अभियान शुरु गर्न थालिएको समितिले जनाएको छ ।
समितिका केन्द्रीय सचिव प्रेमीलाल चौधरीकाअनुसार २१ गते मोरङ, २२ गते लहान, २३ गते...
थरुहट एकदिने भेला वर्दियामा सम्पन्न, थाकस केन्द्रको विमति
काठमाडौं, चैत १६ गते । थरुहट आन्दोलनलाई पुनर्जिवित गर्ने उद्देश्यसाथ थरुहट आन्दोलनकर्ताले शनिबार वर्दियाको ठाकुरद्वारमा एकदिने बृहत छलफल कार्यक्रम सम्पन्न गरेका छन् । सो कार्यक्रमबारेमा थारु कल्याणकारिणीसभा (थाकस) केन्द्रले भने विमति जनाएको छ ।
थरुहट आन्दोलन र अवको बाटो विषयक छलफल कार्यक्रममा थाकस केन्द्रबाट केन्द्रीय सदस्य चुर्णबहादुर चौधरी, इन्दु चौधरीको सहभागिता...
समान पेन्सनको माग गर्दै पूर्व बेलायती सैनिक (गेसो) शान्तिपूर्ण आन्दोलनमा
काठमाडौं, चैत ११ गते । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायत सरकारले घोषणा गरेको ‘नयाँ गोर्खा प्याकेज’ प्रति विरोध गर्दै त्यसको विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेको छ ।
बेलायत सरकारले पूर्व सहमति र पूर्वप्रतिबद्धता विपरित कपटपूर्ण तरिकाले एकतर्फी ‘प्याकेज’ घोषणा गरेको भन्दै गेसोले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
गेसोले सोमबार...
पाँच अयोगका अध्यक्षहरुले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं, चैत ७ गते । प्रस्तवित पाँचजना आयोगका अध्यक्षहरुले विहिबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आयोगका अध्यक्षहरुले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवराबाट शपथ लिएका हुन् ।
संवैधानिक परिषदको सिफारिसमा अध्यक्षमा प्रस्तावित बालानन्द पौडेल (राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग), डा. शान्तराज सुवेदी (राष्ट्रिय समावेशी आयोग),...
सार्वजनिक विदाप्रति आदिबासी जनजाति संघ संस्थाको विरोध
काठमाडौं, चैत २ गते । २०७६ सालको सार्वजनिक विदामा आदिबासी जनजाति समुदायलाई विभेद गरेको भन्दै आदिबासी जनजाति संघ संगठनका पदाधिकारीहरुले आपत्ति जनाएका छन् ।
शनिबार संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै संघ संगठनका प्रतिनिधिहरुले सरकारले चैत १ गते राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरेको सार्वजनिक विदामा आफूहरुमाथि विभेद गरेको आरोप लगाएका हुन् । सरकारको...
गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखको रुलिङ
काठमाडौं, फागुन २९ गते । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले टीकापुर घटनाको छानविन गर्न गठित आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न सरकारलाई रुलिङ गर्नुभएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले टीकापुर घटनाको छानविन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको विशेष ध्यानाकर्षण गराउनु भएको हो...
टीकापुर घटनालाई राजनीतिक घटनाकोरुपमा हेर्न आदिबासी संस्थाको माग
काठमाडौं, फागुन २५ गते । कैलाली जिल्ला अदालतले टीकापुर घटनाका विषयमा गत बुधबार फागुन २२ गते गरेको फैसलाले आदिबासी थारुप्रति अन्याय भएको भन्दै आदिबासी जनजाति संघ संस्थाहरुले सो घटनालाई राजनीतिकरुपमा निरुपण गर्नुपर्ने माग गर्नुभएको छ ।
आदिबासी जनजातिका विभिन्न घटक संस्थाहरुले शनिबार संयुक्त विज्ञप्ती जारी गर्दै सो माग गरेका हुन् ।...
सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच सहमति (पूर्ण पाठसहित)
काठमाडौं, फागुन २४ गते । सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच शुक्रबार ११ बुँदे सहमति भएको छ । सहमतिसँगै सिके राउत नेतृत्वको गठबन्धन अब लोकतन्त्रिक प्रक्रियाबाटै देशको समृद्धिमा लाग्ने प्रतिवद्धता जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर गर्नु भएको हो...
अदालतको फैसलाप्रति थाकसको खेद व्यक्त, आन्दोलन चर्काउने घोषणा
काठमाडौं, फागुन २३ गते । थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रिय समिति, थरुहट–थारुवान संयुक्त संघर्ष समिति एवम् केन्द्रीय संयोजन एवं परिचालन समितिले कैलाली जिल्ला अदालतको फैसलाप्रति खेद व्यक्त गरेको छ ।
अदालतको फैसला न्यायिक नभएको भन्दै संघर्ष समितिले आन्दोलनको कार्यक्रम पनि सार्वजनिक गरेको छ । शुक्रबार दिउँसो ३ बजे काठमाडौं (माइतीघर मण्डलामा)...














