गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखको रुलिङ
काठमाडौं, फागुन २९ गते । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले टीकापुर घटनाको छानविन गर्न गठित आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न सरकारलाई रुलिङ गर्नुभएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले टीकापुर घटनाको छानविन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको विशेष ध्यानाकर्षण गराउनु भएको हो...














