साउन १५ गतेसम्म छुटेका मतदाता नामावली संकलन गर्दै आयोग

साउन १५ गतेसम्म छुटेका मतदाता नामावली संकलन गर्दै आयोग
लक्की चौधरी काठमाडौं, असार ३१ गते । निर्वाचन आयोगले १८ वर्ष उमेर पुगेका नेपालीको आइतबारदेखि पन्ध्र दिनसम्म मतदाता नामावली संकलन गर्ने भएको छ । यसअघि छुट भएका करिब १० लाख बढी मतदाताको नामावली संकलन हुने विश्वास आयोगको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गरी गत फागुन ९ गतेसम्म मतदाता नामावली आयोगले संकलन...

एमाले तराई मधेस विरोधी पार्टी होइन, विरोधीले फैलाएको हल्ला हो

एमाले तराई मधेस विरोधी पार्टी होइन, विरोधीले फैलाएको हल्ला हो
काठमाडौं, असार २९ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी तराई मधेसको विरोधी नभई विकास प्रेमी भएको बताउनुभएको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी तराई मधेसको विरोधी नभई विकास प्रेमी भएको बताउनुभएको छ ।  तराई मधेसका बुद्धिजीवीहरुसँग विहिबार यहाँ गरिएको अन्तरक्रिया कार्यक्रममा...

प्रतिनिधिसभा समानुपातिकमा ३ र प्रदेशमा डेढ प्रतिशत थ्रेसहोल्ड

प्रतिनिधिसभा समानुपातिकमा ३ र प्रदेशमा डेढ प्रतिशत थ्रेसहोल्ड
काठमाडौँ, असार २७ गते । सरकारले प्रतिनिधिसभा निर्वाचन समानुपातिक सिट प्राप्त गर्न कुल सदर मतको तीन प्रतिशत थ्रेसहोल्ड प्रस्तावसहित प्रतिनिधिसभा निर्वाचन विधेयक संसद्मा पेस गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनले राष्ट्रिय दलको मान्यता पाउन तोकेको थ्रेसहोल्ड नै प्रतिनिधिसभाको थ्रेसहोल्ड तोकिएको हो । राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थाअनुसार कुल सदर मतको समानुपातिकमा तीन...

छुटेकाहरुका लागि मतदाता नामावलीमा नाम लेखाउने समय पन्ध्रदिन

छुटेकाहरुका लागि मतदाता नामावलीमा नाम लेखाउने समय पन्ध्रदिन
काठमाडौं, असार २६ गते । निर्वाचन आयोगले प्रदेश र संघीय संसदको चुनावका लागि फोटोसहितको मतदाता नामावली अध्यावधिक गर्ने निर्णय गरेको छ । त्यसकालागि साउन १ देखि १५ गतेसम्मको समय आयोगले निर्धारण गरेको छ । नाम लेखाउन भने नागरिकता भएको सम्वन्धित जिल्ला निर्वाचन अधिकृतको कार्यालयमै जानु पर्ने व्यवस्था गरेको छ । निर्वाचन...

विपक्षी एमालेसँग सघन वार्तामा राजपाका नेताहरु, सहकार्यको प्रयास

विपक्षी एमालेसँग सघन वार्तामा राजपाका नेताहरु, सहकार्यको प्रयास
काठमाडौं, असार २६ गते । झन्डै दुई वर्षदेखि एक अर्काबीच शत्रुतापूर्ण व्यवहार प्रदर्शन गरिरहेका प्रमुख विपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताबीच राजधानीको एक रिसोर्टमा औपचारिक वार्ता भएको छ। संविधान निर्माणमा मधेसविरोधी अडान लिएको भन्दै एमालेसँग शत्रुतापूर्ण व्यवहार प्रदर्शन गरिरहेको राजपाले सत्तापक्षीय गठबन्धन (कांग्रेस, माओवादी केन्द्र) पनि...

दार्जीलिङमा चलिरहेको आन्दोलनकर्मीलाई खाद्यान्न नेपाली नाकाबाट

दार्जीलिङमा चलिरहेको आन्दोलनकर्मीलाई खाद्यान्न नेपाली नाकाबाट
इलाम, असार २५ गते । दार्जीलिङमा चलिरहेको आन्दोलनलाई निहुँ बनाएर भारत सरकारले आफ्नै नागरिकहरुलाई नाकाबन्दी लगाएपछि सीमा क्षेत्रका भारतीयहरुले नेपाली नाकाबाट खाद्यान्न उपभोग गर्न थालेका छन् । दार्जीलिङ, कालेम्पोङ, मिरिकलगायतका क्षेत्रहरुमा तीन सातादेखि चलेको गोर्खाल्याण्ड आन्दोलनकाकारण आम हड्ताल हुनकासाथै पश्चिम बंगाल सरकारले प्रहरी र सेना लगाएर पहाडी क्षेत्रमा खाद्यान्न लैजान रोक...

पहुरा दैनिकलाई ८८ हजारको सामसुङ ग्यालेक्सी मोवाईल उपहार

पहुरा दैनिकलाई ८८ हजारको सामसुङ ग्यालेक्सी मोवाईल उपहार
धनगढी, असार २३ गते । वल्र्डलिंक कम्युनिकेशन्स प्रालिले पहुरा थारु दैनिक धनगढीलाई सामसुङ ग्यालेक्सी एसएट मोवाईल उपहार प्रदान गरेकोे छ । एक कार्यक्रमकाबीच प्रालिले उक्त मोवाईल वितरण गरेको हो । वल्र्डलिंक कम्युनिकेशन्स प्रा.लिले आफ्ना सक्रिय ग्राहक १ लाख पुगेको अवसरमा ल्याएको सेलिब्रेसन अफरमा १० जनालाई सामसुङ ग्यालेक्सी एसएट मोबाइल दिएको छ...

तेस्रो चरण निर्वाचनकालागि राजपाले गर्यो आयोगमा दल दर्ता

तेस्रो चरण निर्वाचनकालागि राजपाले गर्यो आयोगमा दल दर्ता
काठमाडौं, असार २३ गते । पार्टीको विधानमा केही विवादले टुंगो नलागेपछि रोकिएको राष्ट्रिय जनता पार्टी (राजपा) ले शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गरेको छ । दल दर्ताका लागि राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसहितका शीर्ष नेताहरु निर्वाचन आयोग गएका थिए । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राजपा दल दर्ताका लागि आयोग...

सरकारलाई दिएको समर्थन दुई दिनभित्र फिर्ता लिन्छौंः नेता सुमन

सरकारलाई दिएको समर्थन दुई दिनभित्र फिर्ता लिन्छौंः नेता सुमन
काठमाडौं, असार १९ गते । राजपा नेपालका नेता मनिष सुमनले सरकारलाई दिएको समर्थन एक, दुई दिनभित्रै फिर्ता लिने बताउनुभएको    छ । देउवा नेतृत्वको सरकारले आफूहरुलाई धोका दिएको भन्दै सुमनले एमालेसँग सम्बन्ध विस्तार गर्ने स्पष्ट पार्नुभयो । रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा नेता सुमनले भन्नुभयो, ‘एमाले अहिले सुध्रिएको छ,...

विवाद देखिएपछि धनगढी उपमहानगरपालिकाको मतगणना रोकियो

विवाद देखिएपछि धनगढी उपमहानगरपालिकाको मतगणना रोकियो
लक्की चौधरी धनगढी, असार १९ गते । प्रदेश नं. ७ को एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनाका क्रममा देखिएको विवादले स्थगित भएको मतगणनालाई सुचारु गर्ने या नगर्ने भन्ने विषयमा निर्वाचन कार्यालय धनगढीले निर्वाचन आयोग केन्द्रको आदेश पर्खेर बसेको छ । मतपेटिकामा उल्लेखित मतसंख्या र मुचुल्का भिडाउन उम्मेदवारहरुले माग गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले केही...