विश्व आदिबासी दिवस देशभर मनाइँदै, काठमाडौंमा भव्य कार्यक्रम

विश्व आदिबासी दिवस देशभर मनाइँदै, काठमाडौंमा भव्य कार्यक्रम
लक्की चौधरी काठमाडौं, साउन २४ गते । नेपाल आदिबासी जनजाति महासंघले २३ औं विश्व आदिबासी दिवस बुधबार काठमाडौंसहित देशभर भव्यताकासाथ मनाउँदैछ । काठमाडौंमा हुने विशेष कार्यक्रमको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्दै हुनुहुन्छ । संयु्क्त राष्ट्र संघले सन् १९९४ देखि अगष्ट ९ तारेखलाई विश्व आदिबासी दिवसकोरुपमा घोषणा गरेपछि विश्वभरका आदिबासी जनजातिले सो दिन...

थारु अधिकारकानिम्ति थारुबीच एकता अनिवार्यः थारु अगुवाहरु

थारु अधिकारकानिम्ति थारुबीच एकता अनिवार्यः थारु अगुवाहरु
कुलदिप चौधरी सुनसरी, साउन २३ गते । थारु समुदायको हकअधिकारका निम्ति थारुबीचको एकता र सहकार्य अनिवार्य रहेको थारु अगुवाहरुले धारणा राखेका छन् । थारु महिला सभा सुनसरीको कार्यक्रममा बोल्दै उहाँहरुले त्यस्तो धारणा राख्नुभयो । सो अवसरमा सभाले शाखा विस्तार गर्न रामधुनि नगरपालिकाका विभन्नि स्थानमा नगर समिति गठन गरेको छ । थारु भाषा...

कृषि विकासका लागि नयाँ योजना र कार्यक्रम ल्याउँदैछुः मन्त्री यादव

कृषि विकासका लागि नयाँ योजना र कार्यक्रम ल्याउँदैछुः मन्त्री यादव
काठमाडौं, साउन १६ गते । कृषिमन्त्री रामकृष्ण यादवले अवको केही दिनमै कृषिसम्बन्धी नयाँ कार्ययोजना सार्वजनिक गर्ने तयारी गर्नुभएको छ । मन्त्री यादवले कृषि क्षेत्रलाई सवल, सुदृढ र उत्पादनमुखीबनाउन योजना तयार भइरहेको जानकारी दिनुभयो । ‘कृषिक्षेत्र राम्रो भयो भने मुलुकको आर्थिक क्षेत्रपनि सवल हुन्छ, भन्दै मन्त्री यादवले छिट्टै अल्पकालिन, मध्यकालिन र दीर्घकालिन...

माघ ७ भित्र तीनै तहको निर्वाचन नभए संवैधानिक संकटः ओली

माघ ७ भित्र तीनै तहको निर्वाचन नभए संवैधानिक संकटः ओली
लक्की चौधरी काठमाडौं, साउन १३ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्धारित समय अगामी माघ ७ भित्र तीनै तहको निर्वाचन सम्पन्न नभए संवैधानिक संकट आउने भन्दै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सकिने सुझाव दिनुभएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको साताव्यापी भ्रमण गरी शुक्रबार...

पूर्व सभामुख नेम्वाङको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज

पूर्व सभामुख नेम्वाङको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज
काठमाडौं, साउन १२ गते । पूर्व सभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको स्वास्थ्यअवस्थामा सुधार भएपछि उहाँ विहिबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । पूर्व सभामुख नेम्वाङ सुगर र प्रेसरका समस्याका कारण सोमबार काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । नेम्वाङ्को स्वास्थ्यमा सुधार भएपछि उहाँलाई घर लगिएको उहाँको...

देउवा नेतृत्वको मन्त्रीमण्डलमा दहित र थारु दुईजना भए मन्त्री

देउवा नेतृत्वको मन्त्रीमण्डलमा दहित र थारु दुईजना भए मन्त्री
काठमाडौं, साउन ११ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दोस्रो पटक मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । मन्त्रीमण्डलमा दुईजना थारु मन्त्री बनेका छन् । नेपाल लोकतान्त्रिक फोरमबाट डा. गोपाल दहित र माओवादी केन्द्रबाट सन्तकुमार थारु मन्त्री बन्नुभएको छ । दहित भूमिसुधार तथा व्यवस्था मन्त्री र थारु पशुपन्छी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यसअघि...

एक मधेस एक प्रदेशको मुद्दा पुनः व्यूँताउने तयारीमा मधेसी नेताहरु

एक मधेस एक प्रदेशको मुद्दा पुनः व्यूँताउने तयारीमा मधेसी नेताहरु
काठमाडौं, साउन ११ गते । संविधानले अस्वीकार गरेको ‘एक मधेस एक प्रदेश’ को एजेन्डालाई स्थापित गराउन नेकपा माओवादी केन्द्रका नेता मातृका यादवको नेतृत्वमा पुनः एक कमिटीलाई सक्रिय बनाउन थालिएको छ। समग्र मधेस एक प्रदेशको एजेन्डामा सहमत हुने राजनीति दलबीचको अन्तरपार्टी सञ्जालकारुपमा ‘मधेस भ्वाइस एसेम्बली’ गठन गरेर सो मुद्दालाई पुनः बहस र...

देउवाले दोस्रो पटक मन्त्रीमण्डल विस्तार गर्दै, थारुबाट गोपाल दहित

देउवाले दोस्रो पटक मन्त्रीमण्डल विस्तार गर्दै, थारुबाट गोपाल दहित
काठमाडौं, साउन १० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रीमण्डल विस्तारमा लाग्नुभएको छ । थारुबाट नेपाल लोकतान्त्रिकबाट गोपाल दहित पुनः भूमिसुधार मन्त्री बन्ने पक्का भएको छ । नेपाली कांग्रेसबाट मन्त्रीहरु बन्नेहरुको नाम पनि टुंगिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेपछि नयाँ मन्त्री बन्नेहरु हौसिएका छन् । मंगलबार...

पूर्व सभामुख नेम्वाङलाई मधुमेहले च्यापेपछि अस्पताल भर्ना

पूर्व सभामुख नेम्वाङलाई मधुमेहले च्यापेपछि अस्पताल भर्ना
काठमाडौँ, साउन ९ गते। नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ अस्वस्थ भई सोमबार अस्तालमा भर्ना हुनुभएको छ । मधुमेहको मात्रा एक्कासि बढेपछि नेम्वाङलाई आज बिहान प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पताल भर्ना गरिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । “उहाँ पहिलेदेखि नै मधुमेहको बिरामी हुनुहुन्थ्यो”, सचिव श्रेष्ठले भन्नुभयो – “आज बिहान...

पत्रकार महासंघलाई महाधिवेशन चटारो, संगठनमा नेतृत्वको हानथाप

पत्रकार महासंघलाई महाधिवेशन चटारो, संगठनमा नेतृत्वको हानथाप
लक्की चौधरी काठमाडौं, साउन ७ गते । नेपाल पत्रकार महासंघको २५ औं राष्ट्रिय महाधिवेशन आउन करिब महिना दिन बाँकी छँदा नेतृत्व आफ्नो पोल्टामा पार्न प्रमुख तीन संगठनमा अहिले छलफलको चटारो  छ । महासंघको केन्द्रीय बैठकले आगामी भाद्र ४ र ५ गते काठमाडौंमा २५ औं महाधिवेशन गर्ने यसअघि निर्णय गरिसकेकाले सोअनुसारको तयारी प्रमुख...