पत्रकार महासंघलाई महाधिवेशन चटारो, संगठनमा नेतृत्वको हानथाप
लक्की चौधरी
काठमाडौं, साउन ७ गते । नेपाल पत्रकार महासंघको २५ औं राष्ट्रिय महाधिवेशन आउन करिब महिना दिन बाँकी छँदा नेतृत्व आफ्नो पोल्टामा पार्न प्रमुख तीन संगठनमा अहिले छलफलको चटारो छ ।
महासंघको केन्द्रीय बैठकले आगामी भाद्र ४ र ५ गते काठमाडौंमा २५ औं महाधिवेशन गर्ने यसअघि निर्णय गरिसकेकाले सोअनुसारको तयारी प्रमुख...














