घोडाघोडीको आर्थिक समृद्धिका लागि नै मेरो उम्मेदवारीः थारु

घोडाघोडीको आर्थिक समृद्धिका लागि नै मेरो उम्मेदवारीः थारु
लक्की चौधरी सुख्खड, असार ९ गते । नेकपा (एमाले) बाट घोडाघोडी नगरपालिकाका प्रमुख पदका उम्मेदवार ममताप्रसाद चौधरीले यहाँका पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि कायम गर्ने प्रमुख एजेण्डा रहेको बताउनुभएको छ । हमार पहुरा डट कमसँग शुक्रबार कुरागर्दै चौधरीले त्यस्तो बताउँदै पहिलो पटक नगरपालिका भएको यसक्षेत्र पर्यटकीय हिसावले प्रशस्त सम्भावना बोकेको चर्चा...

नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन भाद्र ४ र ५ मा

नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन भाद्र ४ र ५ मा
काठमाडौं, असार ८ गते । नेपाल पत्रकार महासंघको २५ औं केन्द्रीय महाधिवेशन पुनः सर्ने भएको छ । असार २२ र २३ गतेका लागि यसअघि तय गरिएको महाधिवेशन भदौ ४ र ५ गते गर्ने निर्णय महासंघले गरेको छ । असार २२ र २३ गतेका लागि यसअघि तय गरिएको महाधिवेशन भदौ ४ र...

सुडान घोटालामा संलग्न पूर्व आइजीपी र डिआइजीले गरे आत्मसमर्पण

सुडान घोटालामा संलग्न पूर्व आइजीपी र डिआइजीले गरे आत्मसमर्पण
काठमाडौं, असार ७ गते । सुडानको डार्फर मिसनमा सुरक्षाकर्मीका लागि एपीसीलगायत बन्दोवस्तीका सामग्रीमा घोटाला भएको ठहरसहित जेल सजाय सुनाइएका दुई पूर्व आइजीपी र दुई डीआइजीले बुधवार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । पूर्व आइजीपी हेमबहादुर गुरुङ, ओमविक्रम राणा, डीआइजी दीपक श्रेष्ठ र एआइजी दीपकसिंह थाङदेनले समर्पण गरेका हुन् । उनीहरुलाई बुधवार...

सत्तापक्षीले सरकारी साधनस्रोत दुरुपयोग गरेको एमालेको आरोप

सत्तापक्षीले सरकारी साधनस्रोत दुरुपयोग गरेको एमालेको आरोप
काठमाडौं, असार ६ गते । प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) ले सत्तापक्षी दलले सरकारी साधन र स्रोतको दुरुपयोग गरी चुनाव प्रभावित पार्ने प्रयास गरिररहेको आरोप लगाएको छ । महासचिव ईश्वर पोखरेलले मंगलबार विज्ञप्ती जारीगर्दै त्यस्तो आरोप लगाउनुभयो । एमाले नेता र कार्यकर्तामाथि भइरहेको सिलसिलाबद्ध आक्रमण, शान्तिपूर्ण कार्यक्रममा अवरोध गर्ने काम तत्काल बन्द...

उपेन्द्र यादवको राजपालाई चुनौती ‘कि आरोप पुष्टि गर कि माफी माग’

उपेन्द्र यादवको राजपालाई चुनौती ‘कि आरोप पुष्टि गर कि माफी माग’
महेश चौरसिया काठमाडौं, असार ५ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पैसा लिएर चुनावमा गएको भन्दै आफूविरुद्ध राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताले लगाएको आरोपको प्रमाण पेश गर्न चुनौती दिनुभएको छ । ‘जसले यस्तो घटिया आरोप लगाएको छ, उसले कि आरोप पुष्टि गर्न सक्नुपर्छ कि तत्काल माफी माग्नुपर्छ अध्यक्ष...

राजपाका केन्द्रीय सदस्य फोनिराम चौधरीसहित केही थारु पक्राउ

राजपाका केन्द्रीय सदस्य फोनिराम चौधरीसहित केही थारु पक्राउ
कैलाली, असार ४ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य र कैलाली जिल्ला उपाध्यक्षसहित केही थारुलाई प्रहरीले कैलालीबाट आइतबार पक्राउ गरेको छ । कैलालीको कैलारी गाउँपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालावन्दी गर्नेक्रममा उहाँहरुलाई सुरक्षाकर्मीले पक्राउ गरेको बताएको छ । केन्द्रीय सदस्य फोनिराम चौधरी र जिल्ला उपाध्यक्ष सरिता चौधरीसहित केही...

कपिलवस्तुमा बम विस्फोट, दुई थारु सहित चार गम्भीर घाइते

कपिलवस्तुमा बम विस्फोट, दुई थारु सहित चार गम्भीर घाइते
कपिलवस्तु, असार ४ गते । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ४ गजेहडामा आइतबार दिउँसो बम विस्फोट भएको छ । घटनामा ९ जना घाइते भएका छन् । बम विस्फोट विप्लव समूह माओवादीले गराएको आशंका सुरक्षाकर्मीले गरेका भएपनि घटनाको जिम्मा कसैले लिएको छैन । चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । गम्भीर...

राजपा नेपालका कोषाध्यक्ष महिला नेतृ अनिता यादव एमालेमा प्रवेश

राजपा नेपालका कोषाध्यक्ष महिला नेतृ अनिता यादव एमालेमा प्रवेश
काठमाडौं, असार ४ गते । राष्ट्रिय जनता पार्टी (राजपा), नेपालका केन्द्रीय कोषाध्यक्ष अनिता यादव आइतबार एमालेमा प्रवेश गर्नुभएको छ । उहाँसहित राजपा केन्द्रीय सदस्य राजेश्वर महासेठ पनि एमालेमा प्रवेश गर्नुभयो । पार्टी कार्यालय धुम्बाराहीमा आज बिहान भएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले यादव र महासेठलगायतका नेताहरुलाई पार्टी प्रवेश गराउनुभयो । यादवले...

दोस्रो चरण निर्वाचनको उम्मेदवारी दर्ता आइतबार विहान ८ देखि

दोस्रो चरण निर्वाचनको उम्मेदवारी दर्ता आइतबार विहान ८ देखि
लक्की चौधरी काठमाडौं, असार ३ गते । असार १४ गतेका लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मनोनयन दर्ता आइतबार विहान ८ देखि साँझ ४ बजेसम्मका लागि निर्वाचन आयोगले निर्धारण गरेको छ । निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन गरी दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको बताएको छ । प्रदेश नं. १, ५...

राजपाका नेता राजेन्द्र महतोले दिए देउवा सरकारलाई ‘मूर्ख’ को संज्ञा

राजपाका नेता राजेन्द्र महतोले दिए देउवा सरकारलाई ‘मूर्ख’ को संज्ञा
काठमाडौं, असार ३ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रमुख तीन दल र सरकार मिलेर देशलाई विखण्डन गर्न खोजेको आरोप लगाउनुभएको छ । शनिबार यहाँ एक कार्यक्रममा बोल्दै नेता महतोले तीन दलले देशलाई भाँड्न र विखण्डन गर्न लागेकोले बाध्यभएर आफूहरु आन्दोलनमा गएको दावी गर्नुभयो । मधेश,...