संकटमा रहेको थारु ग्रामथान संरक्षणका लागि अभिमुखीकरण कार्यक्रम
सुनिल चौधरी
झुम्का, मंसिर १४ गते । तराइका भूमिपुत्र थारु समुदायको ऐतिहासिक धरोहर तथा पहिचानकै रुपमा रहेको डिहवार (ग्रामथान) संकटमा छ । भूमाफियाहरुले राज्य तथा स्थानीय तहको सरकारसँग मिलेमतो गरी ग्रामथान विस्थापन गर्ने प्रपञ्चमा लागेका छन् ।
इटहरी उपमहानगरपालिका ८ टेंग्राटोलस्थित बिच्छुधामी ग्रामथान र जितियाघाट २०७५ जेठ २० गते प्रहरी लगाएर भूमाफियाले...














