देश
उत्थान समाजले शुरुगर्यो श्रमिक महिलालाई उद्यमशील बनाउने तालिम
हमार पहुरा डट कम
झुम्का (सुनसरी), फागुन २६ गते । थारु महिला उत्थान समाज सुनसरीले श्रमिक महिलालाई उद्यमशील बनाउने उद्देश्यले पाँच दिने सीपमुलक तालिमको आयोजना गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर समाजले सो तालिमको शुरुवात गरेको हो ।
महिलामा सीप भएमा आयआर्जन गर्नसक्ने र घरव्यवहार चलाउनसक्ने र महिलाको क्षमता...
माग सम्बोधन नभएको भन्दै थरुहट मोर्चाको दुई दिने तराई बन्द घोषणा
हमार पहुरा डट कम
धनगढी, फागुन १९ गते । लक्ष्मण थारु नेतृत्वको थरुहट थारुवान राष्ट्रिय मोर्चाले फागुन २० र २१ गते दुई दिन तराई बन्दको घोषणा गरेको छ । सरकारले माग सुनुवाई नगरेको भन्दै मोर्चाले बन्दको आव्हान गर्नुपरेको बताएको छ । थरुहटको बन्दमा पूर्वका खम्बुवान राष्ट्रिय मोर्चा नेपालले समेत ऐक्यवद्धता जनाएको...
थारु संस्कृतिबाट अरु समुदायले पाठ सिके समाज रुपान्तरण हुन्छ
हमार पहुरा डट कम
धनगढी, फागुन १८ गते । थारु अगुवा तथा संस्कृतिका जानकारहरुले थारु परम्परा तथा संस्कृतिबाट गतिलो पाठ सिक्ने सके समाज रुपान्तरणमा जाने विश्वास व्यक्त गर्नुभएको छ । विश्व साहित्य महोत्सवको आफ्नै इतिहासः आफ्नै परम्परा शीर्षकमा वहस गर्ने क्रममा वक्ताहरुले सो विश्वास व्यक्त गर्नुभयो ।
सुदूरपश्चिमको धनगढीमा फागुन १४ देखि...
धनगढीमा विश्व साहित्य महोत्सव शुरु, थारु भाषा संस्कृतिमा छलफल हुने
हमार पहुरा डट कम
धनगढी, फागुन १४ गते । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजना तथा सुदूरपश्चिम प्रदेशको सहयोगमा बुधबारदेखि धनगढीमा विश्व साहित्य महोत्सव शु्रुभएको छ । महोत्सवमा करिब तीनसय साहित्यकारहरुको सक्रिय सहभागिता छ । महोत्सवमा थारु साहित्य तथा संस्कृतिको विषयमा समेत छलफल हुनेछ ।
महोत्सवको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नुभयो । महोत्सवमा...
समाज रुपान्तरणमा भूमिका निर्वाह गर्न जनजाति पत्रकारलाई आग्रह
हमार पहुरा डट कम
बारा (कोल्हवी), फागुन ३ गते । समाज रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहने गरेपनि अहिले पत्रकारको कलमप्रति नागरिकको विश्वास घट्दै गएकाले गरिमा कायम राख्न राजनीतिक दलका नेता तथा समाजका अगुवाहरुले आग्रह गर्नुभएको छ ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) बाराको प्रथम जिल्ला साधारणसभामा शनिबार यहाँ बक्ताहरुले त्यस्तो आग्रह...
दाङको रिहारमा नुनखानी भएको विश्वास, उत्खननको प्रतिक्षामा स्थानीय
लक्की चौधरी
लमही (दाङ), माघ २९ गते । लमही नगरपालिका वडा नं. ८, बाघखोलीस्थित राजमार्गको उत्तर–दक्षिण छेउमा करिब १० विघा क्षेत्रमा नुनखानी भएको विश्वास स्थानीयहरुको छ । चिसो मौसम सुरुभएपछि दलदले बलौटे माटोमा नुनको सतह देखिन्छ । त्यसलाई स्थानीय थारु समुदायले ‘रेह’ भन्छन् । त्यही अपभ्रंश भएर त्यो ठाउँको नाम रिहार...
थारुगिरीको औपचारिक शुभमुहुर्त, थारुमाथिको विभेद नै चलचित्रको विषय
भगतराम थारु
नेपालगन्ज माघ २६ गते । थारु कथानक चलचित्र थारुगिरीको आइतवार विधिवत रुपमा शुभमुहुर्त गरिएको छ । एक कार्यक्रमकावीच सो चलचित्रको कोहलपुरस्थित रामजानकी मन्दिरमा पुजाआजा गरी शुभमुहुर्त गरिएको हो ।
रुद्राक्ष फिल्मस प्रा.लिको व्यानरमा निर्माण हुन लागेको थारुगिरी चलचित्रको शुभमुहुर्त रुद्राक्ष फिल्म प्रालिका प्रबन्ध निर्देशक रुद्र खनालले गर्नुभएको थियो । कार्यक्रममा...
कपिलवस्तुको शिवराजमा थारु युवा सञ्जाल, थारु सशख्तिकरणमा काम गर्ने
रामअवतार चौधरी
कपिलवस्तु,माघ २६ गते । कपिलवस्तुको शिवराज नगरपालिकामा थारु युवा सञ्जाल शनिबार गठन गरिएको छ । थारु हकहित र अधिकारका लागि युवायुवती एकजुट भई आफ्नो समुदायलाई सुसूचित गर्ने उद्देश्यले सञ्जाल गठन गरिएको बताइएको छ ।
प्रकाश चौधरी थारुको संयोजकतत्वमा चन्द्रौटामा बसेको बैठकले थारु समुदायमा दिनप्रतिदिन बढ्दै गइरहेको विकृति र विसंगतिलाई चिर्न...
थपिएका नयाँ पर्यटक गन्तव्य बगारबाबाको विजोग अवस्था, स्थल सुनसान
लक्की चौधरी
रिहार लमही (दाङ), माघ २१ गते । नेपाल भ्रमण वर्ष २०२० शुरु हुनुअघि सरकारले पछिल्लो पटक घोषणा गरेको नेपालको एकसय पर्यटकीय गन्तव्यस्थल मध्ये दाङ देउखुरीको बगारबाबा धाम पनि एक हो । तर सो स्थलमा आन्तरिक पर्यटक भएर घुम्न जाँदा अवस्था विजोग देखियो ।
लमही नगरपालिका ९ रिहारमा पर्ने बगारबाबा धाम...














