कपिलवस्तुको शिवराज नगरमा थारु माघी (खिचडी) महोत्सवको आयोजना
रामअवतार चौधरी
कपिलवस्तु, माघ ६ गते । थारु समुदायको पुरानो इतिहास बुद्धकालिनसँग सम्बन्धित छ, जुन समयमा सबैभन्दा शिक्षित थारु समुदाय रहेको संविधानसभाका पूर्व सदस्य एवं नेकपाका नेता विश्रामप्रसाद थारुले बताउनुभयो । थारु कल्याणकारी सभा शिवराज नगर कार्य समितिको आयोजनामा भएको प्रथम शिवराज नगरस्तरिय माघी (खिचडी) महोत्सवको उदघाटन गर्दै थारुले यस्तो बताउनुभयो...














